एमालेका नन्दा गुरुङ्ग कर्णाली प्रदेश सभाको सभामुखमा निर्वाचित


१ माघ, सुर्खेत । एमाले पार्टीका साँसद नन्दा गुरुङ्ग कर्णाली प्रदेशको सभामुखमा निर्वाचित हुनभएको छ ।

प्रदेश सभा सभामुखको आज (आइतबार) भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित हो । गुरुङले आफ्नो पार्टी एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३ र राप्रपा १ मत प्राप्त गर्नुभएको थियो ।

गुरुङ्गले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेल पराजित गर्नुभएको हो । पोखरेलले आफ्नो पार्टीको १३ र नेकपा एकीकृत समाजवादीको १ मत प्राप्त गर्नुभएको थियो ।