काठ्माण्डौंमा कर्णाली पत्रकार समाज गठन


फोटोः चिरञ्जिवी सापकोटाको फेसबुक

२४ चैत्र, काठमाडौ । कर्णाली पत्रकार समाज काठमाडौको अध्यक्षमा भरतबन्धु थापा (दैलेख) चयन हुनुभएको छ । कर्णाली प्रदेशबाट केन्द्रीय राजधानी काठमाडौ आई पत्रकारीता गरिरहेका पत्रकारहरुको शनिवार भएको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो ।

भेलाले १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।

दैलेख क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माको उपस्थितिमा भएको उक्त भेलाले उपाध्यक्षमा डिल्ली पाण्डे(जुम्ला) महासचिवमा कमल न्यौपाने(सुर्खेत) कोषाध्यक्षमा रविन्द्र सुवेदी (दैलेख) सचिवमा महिलाबाट गीता थापा(सुर्खेत) लाई चयन गरेको छ ।

यसैगरी रामकुमार शाही (जाजरकोट), धनेन्द्र शाही (कालिकोट) संकल्प निर्मोही (मुगु) नन्दा बस्नेत (सुर्खेत) चिरञ्जीवी सापकोटा(सुर्खेत) लगायतलाई कार्य समिति सदस्यमा भेलाले चयन गरेको छ ।

समितिको सल्लाहाकारमा (श्यामल) हरिहर अधिकारीको संयोजकत्वमा सूर्यमणि गौतम र नेत्र केसीलाई चयन गरेको महासचिव कमल न्यौपानेले जानकारी दिनुभयो ।