२९ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ ।
मुख्यमन्त्री शाहीले कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्वोधन गरिरहेको वेला कार्यक्रम स्थल नजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो ।
मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले कार्यक्रम स्थल भन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिनुभयो । सिंहले साता दिन लामो जिल्ला भ्रमणमा रहनुभएका मुख्यमन्त्री शाही सहितको टोलीलाई त्रास श्रृजना गर्ने उद्धेश्यले अराजक समुहले वम विष्फोट गराएको वताउनुभयो ।
त्रास श्रृजना गर्ने उद्देश्यले वम विष्फोट भए पनि मुख्यमन्त्रीज्यू सरिक हुने पुर्वनिर्धारित सवै कार्यक्रमहरु सहज रुपमा संचालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एशियाकै अग्लो पचालझरनाको पर्यटन प्रवर्धनकालागि भईरहेका पुर्वाधार निर्माणका कामहरुको अनुगमण गर्न मंगलवार पचालझरना पुग्नुभएको थियो ।
मुख्यमन्त्री शाही कालिकोट गएको वेला यसअघि पनि वम विष्फोटको घटना भएको थियो । मुख्यमन्त्री शाहीका स्वकीय सचिव सिंहले मुख्यमन्त्री शाहीको लोकप्रियता देखि आत्तिएको अराजक समुहद्वारा भईरहेका यस्ता क्रियाकलापहरु निन्दनिय रहेको वताउनुभयो ।
विष्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । विस्फोटमा कुनै मानवीय क्षति नभएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।



Milan Shrestha । २९ श्रावण २०७६, बुधबार १८:३६ बजे