
नेपालगन्ज (बाँके) । नेपाल राष्ट्रिय आधारभूत विद्यालय खजुरा–३ धौलागिरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला पुरुष गरी ३९ जनाले रक्तदान गरेका छन् । देशको स्थितिलाई मध्यनजर गरेर आकस्मिक रक्तदान कार्यक्रम हिमालयन युवा क्लब खजुरा गाउँपालिका वार्ड नं.–३ धौलागिरीको आयोजनामा युवाहरुले गरेको बताइएको छ ।
हिमालयन युवा क्लब खजुराका अध्यक्ष केशव न्यौपानेले प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा राजेश गुरुङ्ग, गंगा बहादुर थाया, सजन आलेमगर, सञ्जु सिंह ठकुरी, शान्ति थापा, सन्तोष नेपाली, नबिन थापामगर, समीरनाथ योगी, राज कुमार घर्ती, निलम गुरुङ्ग, कुमार शिरिष, सुन्दर कुवँर, करुण थापामगर, योगेश रावल, ईश्वर काफ्ले, निमा कु. थापामगर, नेत्र बहादुर थापा, राजेश, शशी थापा, राजेश गुरुङ्ग, सन्दिप कुँवर, टेक बहादुर आले, समीर रिजाल, टोपलाल पुन, किशोर सुनार, सञ्जय घिमिरे, निशान्त थापामगर, चित्रकला थापा, संकेत बाबु भण्डारी, चेतन कला थापा, छबिलाल कला थापा, बिवेक रावल, सन्देश रानाभाट, शंकर देवकोटा, बिनोद बास्तोला, सिद्धान्त पुनमगर, सलिल खडका, सुनिल कुमार, बिकास काउँचा, जिवन बिक लगायत ३९ जनाले रक्तदान गरेको राजेश गुरुङ्गले जानकारी दिनुभयो ।
यस्तै भाद्र २५ गते खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरीका अनुसार खजुरा बजारको लक्ष्मी नारायण मन्दिरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा जेनजीका युवाहरुले रक्तदान गरेका थिए । कार्यक्रममा अनिश कामी, आशिक्ष चौधरी, सुमित वाग्ले, प्रेम बहादुर, अजय कुमार मण्डल, कुमार बुढाथोकी, शिखर अधिकारी, नबिन भारती, आकाश केसी, स्मृति पोखरेल, एञ्जिला बस्नेत, सुदिप देवकोटा, अमित तिरुवा, रबिना चन्द, जीवन राना, आशिष अर्याल, सबिन कुमार कार्की, सागर श्रेष्ठ, केशव रोकाय क्षेत्री, सन्देश थापामगर, सन्ध्या थापामगर, देव सिंह केसी, योगेश तिवारी लगायतले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी, महेश दहित, पुनम राना, ओम प्रकाश गोडिया, कुमार चौधरी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।




Prawash Kumar Shakya । २६ भाद्र २०८२, बिहीबार १८:०४ बजे