
२९ बैशाख, ललितपुर / २५६९ औं बुद्धजयन्ति समाराेह समिति, शान्ति बिहार, गुसिंगा: ललितपुरले आज बुद्ध जयन्तिको अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएकाे गरेको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे बिशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा ३८ जना महिला पुरुष स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नुभयो ।
नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रका जनसम्पर्क अधिकृत प्रवीण मानन्धरकाे नेतृत्वको समूहले रक्त संकलन गर्नुभएको थियोे ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई रक्तदान ब्याज हस्तान्तरण गर्दै सम्मान गर्नुभएको थियो ।
ललितपुर महानगरपालिका उद्योग संस्कृति पर्यटन तथा संस्कृति संरक्षण समिति, ललितपुर महानगरपालिका वडा नम्बर १ र २ काे सहयोगमा सञ्चालित उक्त रक्तदान कार्यक्रमकाे संयाेजन सज्जन महर्जनले गर्नुभएको थियो ।
त्यस्तै श्रीघ: काठमाडौंमा आज नै प्रभात कल्याण पुच: प्रभात माध्यमिक विद्यालयले आफ्नो हिरक जयन्तीकाे अवसरमा रक्तदान कार्यक्रमको आयाेजना गरेको छ ।
रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदात प्रेमसागर कर्माचार्यकाे विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमकाे संयाेजन प्रकाश जाेशीले गर्नुभएको थियो ।
काठमाडौं महानगरपालिका २५ वडाका वडाध्यक्ष राजेश डंगाेल अतिथि रहनुभएकाे साे कार्यक्रमकाे सभाध्यक्ष बिद्यालयका प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठले गर्नुभएको थियो । प्रथम पटक आयाेजित उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि १ सय २ जनाले रक्तदान गर्नुभएको थियोे ।
Prawash Kumar Shakya । २९ बैशाख २०८२, सोमबार २१:३१ बजे