बाल यौनाकर्षण


म २० वर्षीय अविवाहित युवक हुँ । मेरा साथीहरु केटा र केटी दुवै थरी छन् । ममा यौनचाहना पनि हुन्छ र केटीप्रति नै आकर्षित हुने गरेको छु । केटी साथीहरु सुन्दर र आकर्षक छन् तर अहिलेसम्म मेरो कुनै प्रेमिका छैन । अहिले मलाई लाग्छ– म उनीहरुप्रति आकर्षित हुनुभन्दा यस्तै १०–१२ वर्षका साना उमेरका केटीप्रति आकर्षित हुने गरेको छु । मैले अहिलेसम्म यौनसम्पर्क नगरे पनि हस्तमैथुन भने गर्ने गरेको छु । यस बेला पनि साना केटीलाई नै सम्झने गरेको छु । यस कुराले कतै पछि असर गर्छ कि ? मेरो वैवाहिक जीवनमा नै नकारात्मक प्रभाव आउने हो कि ? कृपया यसबारे राम्ररी जानकारी दिनुहुन्थ्यो कि ?  – विनोद 

बाल यौनाकर्षण एक किसिमको यौनविकृति ९उबचबउजष्ष्बि० हो । ग्रीक भाषामा प्यारा ९उबचब० को अर्थ बाहेक⁄नजिकैको भन्ने बुझिन्छ भने फिलिया ९उजष्ष्बि० को अर्थ प्रेम⁄मित्रता भन्ने बुझिन्छ । तर मनोविज्ञान वा यौनविज्ञानमा यसको विशेष अर्थ हुन्छ । सामान्य व्यक्तिलाई यौनउत्तेजना प्रदान नगर्ने वस्तु वा व्यवहारबाट यौनउत्तेजना प्राप्त गर्नु नै प्याराफिलिया हो । त्यस्तै पेडोफिलिया भन्ने ग्रीक भाषाको शब्दको अनुवाद बालप्रेम हुने भए पनि त्यसलाई ठइक्कै त्यसरी अनुवाद गर्न मिल्ने देखिँदैन । पूर्वयौवनावस्थाका बालबालिका अर्थात् यौवनावस्था पुग्नुभन्दा पहिलेका बालबालिकासँग गरिने यौनक्रियाकलाप वा यौन परिकल्पनालाई पिडोफिलिया भनेर परिभाषित गरिन्छ । बाल यौनआकर्षण भएका व्यक्ति विशेष गरेर पुरुष नै हुने गर्छन् । यिनीहरूको आकर्षण बालक तथा बालिका दुवैतिर हुन सक्छ । 

विशेषतः ५ वर्षभन्दा कम उमेरका बालबालिकाप्रति यौनअभिरुचि हुनुलाई नेपियोफिलिया (इन्फफ्यान्टोफिलिया) भनिन्छ । त्यसै गरी यस्तै ११ देखि १४ वर्षको यौवनावस्थामा प्रवेश गर्न लागेका बालबालिकाप्रतिको यौनअभिरुचिलाई हेबेफिलिया भनिन्छ । परिभाषित उमेर एक–अर्कामा खप्टिएको भए पनि कतिले यस हेबेफिलियालाई पेडोफिलियाभन्दा फरक स्थिति मान्ने गर्छन् । विशेषतः किशोरावस्थाको पछिल्लो उमेर १५ देखि १९ वर्षका किशोर–किशोरीप्रति विशेष यौनआकर्षित हुने स्थितिलाई इफेबोफिलिया भनिन्छ । यसलाई भने यौनविकृतिको रुपमा हेरिँदैन ।

परिभाषामा केही विवाद भए पनि पेडोफिलियालाई विशेष गरेर यौवनावस्थामा प्रवेश नगरेका वा भर्खरै यौवनावस्थामा पुगेका बालक वा बालिका वा दुवै बालबालिकाप्रति यौनअभिरुचि  हुनु हो । यस्तो अभिरुचि भावना वा परिकल्पना मात्रैमा सीमित रहेको वा यौनक्रियाकलापमा नै संलग्न भएको स्थिति हुन सक्छ । यस्तो व्यक्तिले बालबालिकाको रुचि तथा आवश्यकतालाई ध्यानले हेरिरहेका हुन्छन् र उनीहरूको आवश्यतालाई परिपूर्ति गर्ने सक्दो प्रयास पनि गर्छन् त्यसैले उनीहरूलाई बालबालिकाको संरक्षण तथा भलाइको काम गरिरहेको भान हुन्छ ।

बालयौनाकर्षणका लक्षण

१३ वर्ष वा त्यो भन्दा पहिलेकोका पूर्वयौवनावस्थाका बालबालिकालाई लिएर तीव्र यौनपरिकल्पना, तीव्र इच्छा अथवा क्रियाकलाप बारम्बार कम्तीमा ६ महिनासम्मको लागि हुनु बालयौनाकर्षणको लक्षण मानिन्छ । यस्ता कुराले चिकित्सकीय पक्षमा मात्रै होइन, सामाजिक, कार्यक्षेत्र अनि जीवनका अन्य पक्षमा काम नै गर्न नसकिने गरी प्रभाव पार्न सक्छ । यो समस्या भएको व्यक्ति कम्तीमा १६ वर्षको र बालबालिकाभन्दा ५ वर्ष बढी उमेरको हुनुपर्छ । यस्तै १२–१३ वर्षका केही ठूला किशोर वा केही कम उमेरका किशोरीको यौनसम्बन्ध छ भने त्यसलाई बालयौनाकर्षण भनिदैन । 

यसको निदान सजिलो भने छैन । यो समस्या भएका व्यक्तिलाई लक्षणहरू थाहा हुने भए पनि विरलै अवस्थामा बाहेक आफैं परामर्श वा उपचारको लागि कुनै चिकित्सक वा स्वास्थ्यकर्मीसँग सहयोग वा सरसल्लाह लिन जाँदैनन् । अन्य कुनै किसिमले विशेष गरेर आपराधिक अनुसन्धानको सन्दर्भमा यसको पत्ता लागेपछि अदालतजस्ता निकायको आदेशमा पहिचान हुन सक्छ । अर्को महत्त्वपूर्ण पक्ष भने यस्ता प्याराफिलिया भएका व्यक्तिको चिन्ता, उदासीपन तथा मूडसम्बन्धी खराबी वा लागूऔषधको प्रयोगजस्ता अन्य खराबी पनि हुन सक्छ । 

यौनउत्तेजनाका लागि मानवशरीरको अंग वा यौनक्रियाकलापलाई छापा, मूर्ति, चित्र, तस्वीर वा चलचित्रको रुपमा प्रस्तुत वा प्रयोग गरिने कुरालाई अश्लील साहित्य वा चित्रण भनिन्छ । यौनचलचित्र पनि यसको एक पक्ष हो । बालबालिकालाई यस्तो प्रयोजनका लागि प्रयोग गरिने कार्यलाई वर्जित गरिएको छ । तर चाइल्ड पोर्नोग्राफीलाई धेरैजसो पेडोफिल व्यक्तिले संकलन गर्ने गरेका हुन्छन् । उनीहरूले यस्ता सामग्री कि त आफ्नै प्रयोगका लागि अथवा अरुसँग साटासाट गर्न वा बालबालिकालाई ‘तयार’ गर्न पनि प्रयोग गर्छन् ।

बालयौनाकर्षण र बालयौनशोषण एउटै कुरा हो ? 

अहिले बालयौनाकर्षण र विशेष गरेर अंग्रेजी शब्द पेडोफिलियाको प्रयोगलाई बालयौनशोषण वा बालयौनदुराचारका रुपमा लिने गरिएको पनि पाइन्छ । यी दुवै थरीका व्यक्तिले गर्ने कार्यको बीचमा धेरै कुरा वा क्रियाकलापहरू मिल्ने भएर यस्तो भएको हुनुपर्छ । यसो भए पनि यो दुवै आधारभूत रुपमा एउटै कुरा भने होइन । त्यसैले बोलिचालीको भाषामा प्रयोग गरिने भए पनि यो सम्पूर्णरुपमा सही होइन । सबै बालयौनाकर्षण भएका व्यक्ति बालयौनशोषण गर्ने व्यक्ति वा बालयौनदुराचारीमा पेडोफिलिया नभएको पनि हुन सक्छ । अनि बालयौनअभिरुचि अर्थात् पेडोफिलिया भएका व्यक्तिले कुनै बालिकालाई यौनशोषण नगरेको पनि हुन सक्छ । किनकि बालबालिकासँगको यौनपरिकल्पना पनि यसको परिभाषामा पर्छ । 

अहिले यस किसिमको क्रियाकलापलाई एक मानसिक विकृतिका रुपमा लिइने कुरा पनि उठेको छ । यो कुरा पक्कै हो कि बालयौनाकर्षकको विकृति भएका व्यक्ति हुन् वा बालयौनदुराचारी, बालबालिकामाथि कुनै यौनशोषणको घटना भएमा त्यसलाई अपराध नै मानिन्छ । 

 

बालयौनाकर्षण हुनुको कारण 

पेडोफिलिया हुनुको कारण किटान गरेर भन्न सकिँदैन । तर यसका सन्दर्भमा विभिन्न अध्ययन–अनुसन्धानहरू नभएका भने होइनन् । यस्ता अध्ययन–अनुसन्धानले पेडोफिलियालाई मस्तिष्कसँग र विशेष गरी सेरोटोनिन नामको न्युरो ट्रान्समिटरसँग पनि जोडेका छन् । केही विज्ञहरूले यसलाई पुरुष हर्मोनसँग पनि जोडेका छन् । 

कपिपयले यसलाई परिवारका सदस्यमाझ हुन्छ पनि भनेका छन् । तर यो वंशाणुगत हो वा सिकिएको व्यवहार हो भन्ने स्पष्ट छैन । केहीले बाल्यकालमा नै यौनशोषित हुन पुगेको स्थितिमा यस्तो हुने कुरा बताएका छन् तर यो पनि प्रमाणित भइसकेको छैन । व्यवहारसम्बन्धी अध्ययनले के संकेत गरेको छ भने, अनुचित यौनव्यवहारको सिकारमा परेका वा त्यस्तो देखेका बालक वा बालिकाले यस्तो व्यवहारको नक्कल गर्न थाल्छन् र पछि यस्तै व्यवहारलाई सुदृढ गर्दै जान्छन् । के पनि भनिन्छ भने, यस्ता व्यक्ति सामान्य सामाजिक यौनसम्बन्ध वा सम्पर्कबाट वञ्चित भएका हुन्छन् र सामाजिकरुपमा मान्य नहुने तरिकाबाट भए पनि यौनसन्तुष्टि लिने प्रयास गर्छन् । अन्य केही विज्ञले हर्मोन, व्यवहार अनि केन्द्रीय स्नायु प्रणाली सबैको अन्तरसम्बन्धलाई यससँग जोड्ने प्रयास पनि गरेका छन् ।  

उपचारबाट कम गर्न सकिने 

यसको उपचारका क्रममा साइकोथेरापीका साथै औषधिहरूको पनि प्रयोग गरिन्छ । औषधिको कुरा गर्दा पुरुष हर्मोन एन्ड्रोजनको विरुद्ध कार्य गर्ने औषधि, महिला हर्मोन प्रोजेस्टेरोन भएका औषधि (मेड्रोक्सी प्रोजेस्टेरोन) र ल्युप्रोलाइड प्रयोग गर्ने गरिन्छ । मस्तिष्कमा हुने सेरोटोनिन नामको न्युरो ट्रान्समिटरको असरलाई रोक्ने कभभिअतष्खभ कभचयतयलष्ल चभगउतबपभ ष्लजष्दष्तयचक औषधि यससँग सम्बन्धित अयmउगकिष्खभ कभहगब िमष्कयचमभच र यसको यौनेच्छा कम गर्ने कुअसरले पनि समस्या कम गर्न फाइदा नै पुग्छ । यसको उपचारको लागि निराशापनको उपचारमा प्रयोग गरिने भन्दा बढी मात्रामा प्रयोग गरिन्छ ।

यौनेच्छा वा यौनव्यग्रताको तीव्रताले प्याराफिलिया भएकाहरूको व्यवहारलाई प्रतिविम्बित गरेको हुँदैन । यौनेच्छालाई पुरुष हर्मोन टेस्टेरोनले जगाउने भए पनि यसको उच्च मात्रा भयो भन्दैमा कुनै पुरुष प्याराफिलियाको लागि उचभमष्कउयकभ भएको मानिँदैन । तर टेरस्टेरोनको मात्रा कम गर्ने औषधिले यौनव्यग्रता कम हुन्छ । यसले लिंगको उत्तेजना कम हुनुका साथै यौनपरिकल्पना वा यौनव्यवहारका कार्य एवम् हस्तमैथुन वा यौनसम्पर्क गर्ने काम कम हुन्छ । यौनव्यग्रतालाई कम गरे पनि यौनपरिकल्पनालाई कम नगर्न पनि सक्छ । 

यसको साथै विभिन्न किसिमका अयनलष्तष्खभ(दभजबखष्यचब िउपचार विधि पनि यसका लागि अपनाइन्छ । यस्ता मनोचिकित्सा विधिका लागि पर्याप्त समय एवम् विशेषज्ञ यौनमनोचिकित्सकको सहयोगको आवश्यकता हुन्छ । 

उपचारपछि व्यक्ति कत्तिको वा कुन हदसम्म अनि कहिले ठीक हुन्छ भन्ने कुराको अनुमान गर्न भने गाह्रो हुन्छ । बालबालिकासँगको प्रत्यक्ष सम्पर्कमा कमी ल्याउन सकिए पनि उसमा बालबालिकालाई लिएर हुने यौनपरिकल्पनालाई परिवर्तन वा भनौं बन्द गर्न निकै नै गाह्रो हुन्छ । जे–जस्ता उपचार विधि प्रयोग गरिए पनि यस्ता विधिको दीर्घकालीन अवधिसम्म वा जीवनभर प्रयोग गर्नुपर्ने हुन सक्छ ।
साभारः साधना पत्रिका