काठमाण्डु, ८ जेठ–
भाइरल ज्वरोको अनुगमन गर्न जाजरकोट गएका तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र सचिव किरण रेग्मीको खर्च १८ लाख उठेको छ।उनीहरू गत पुसमा फैलिएको भाइरल ज्वरोको अवस्था बुझ्न सेनाको हेलिकोप्टर चढेर जाजरकोट पुगेका थिए।
विनाऔषधि मन्त्री भाइरल ज्वरो प्रभावित क्षेत्रमा पुग्दा बिरामीले भने आवश्यक सिटामोलसमेत पाएका थिएनन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक बाबुराम मरासिनी १८ लाख खर्चेर मन्त्री र सचिवले जाजरकोट घुम्नुको प्रगति केही नभएको बताए।
१८ लाखले ४ महिना महामारी रोकिन्छ
डा. बाबुराम मरासिनी
पूर्वनिर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
१८ लाख रुपैयाँ खर्च गर्ने हो भने जाजरकोटका पूरै जनतालाई चार महिना औषधि पुग्छ। सिटामोलसम्म नभएर त्यहाँ भाइरल ज्वरोको संक्रमण बढेको हो। त्यस्तो अवस्थामा मन्त्रालयका अधिकारी तामझाम साथ हेलिकोप्टरमा जानु हुँदैनथ्यो । हेलिकोप्टरमा त औषधिसहित चिकित्सक पठाउनुपथ्र्यो।
नयाँ पत्रिकाबाट



Milan Shrestha । ८ जेष्ठ २०७५, मंगलवार ११:०४ बजे