यूवा संघद्वारा बृक्षारोपण


२ श्रावण, सुर्खेत । राष्ट्रिय यूवा संघ नेपालको केन्द्रिय कार्यक्रम बृक्षारोपण गर्ने कार्यक्रम अनुसार आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि बृक्षारोपण गरिएको छ ।

राष्ट्रिय यूवा संघ सुर्खेतका अध्यक्ष कमल खड्का “जुनी”का अनुसार वीरेन्द्रनगरको भैरम सामुदायिक वनमा बृक्षारोपण गरिएको हो । कार्यक्रममा नेकपा एमाले पार्टी र जनवर्गिय संगठनका नेताहरु  यूवा परिषद सुर्खेतका अध्यक्ष यूवा संघका कमिटी तथा सचिवालय सदस्यहरु केन्द्रिय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष भैरम सामुदायिक वनका अध्यक्ष अमर कार्की तथा वीरेन्द्रनगर नगरपालिका ४ नं. वडाका सदस्य कृष्ण गौतम लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा यूवा संघका सुर्खेतका अध्यक्ष कमल खड्का जुनीले यो श्रावण महिनामा हजार विरुवा लगाउने कार्यक्रम रहेको बताउनुभयो । उहाँले भन्नुभयो “मानवजीवनको अभिन्न अंग विरुवालाई संरक्षण गर्ने रहेको र त्यसकालागि बृक्षारोपण गरिएको हो ।”