नृत्य निर्देशक संघद्वारा रक्तदान कार्यक्रम


२७ गते,काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजकाे विशेष संयाेजनमा नृत्य निर्देशक संघ नेपालकाे आठौं वार्षिकोत्सबकाे उपलक्ष्यमा प्रथम पटक स्थानीय भानु माध्यमिक बिद्यालयकाे प्राङ्गणमा विशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नृत्य विभागका प्रमुख बखतबहादुर हमालख(सुवर्ण)द्वारा रक्त संकलन थैली हस्तान्तरण गरि शुभारम्भ गरिएको थियो । कार्यक्रममा नेपालकै सर्वाधिक रक्तदाता “रक्तदाता सम्राट” नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य र भानु माध्यमिक बिद्यालयकी प्रधानाध्यापिकाकाे बिशेष आतिथ्यता रहेकाे थियो भने समाजसेवी कृष्ण महर्जन र कराँते प्रशिक्षक प्रकाश श्रेष्ठ अतिथि रहनुभएकाे थियोे ।

नृत्य निर्देशक संघ नेपालका भोजेन्द्र मानन्धर द्वारा सञ्चालित साे कार्यक्रमकाे सभापति संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले विशेष अतिथि तथा अतिथिहरूलाई मायाकाे चिनाे प्रदान गर्नुभएको थियो ।