गर्भनरका लागि उम्मेदवारी घोषणा


IMG_3269सुर्खेत, १६ चैत ।
लायन्स क्लव ३२५ वि २ को आगामी नेतृत्वको लागि मधुसुदन शर्माले उम्मेदवारी घोषणा गरेका छन् । सुर्खेतमा भएको फेलोसीप प्रोग्राममा २०१७–०१८ का लागि डिष्ट्रिक गभर्नरका लागि मधुसुदन शर्मा, प्रथम भाइस डिष्ट्रिक गर्भनरका लागि सुनिल वझा र द्धितीय भाइस डिष्ट्रिक गर्भनरका लागि अनुपकुमार पहारीले उम्मेदवारी घोषणा गरे । लायन्स क्लवको पाँचौं महाधिवेशन चैत २६ गते नवरपरासीको गैडाकोटमा सम्पन्न हुँदैछ ।

दुई दशकदेखि लायन्सवादमा निरन्तर लागिरहेका बाँकेका मदुसुदन शर्मा १९९७ देखि लायन्समा प्रवेश गरेका हुन् । यस्तै प्रथम डिष्ट्रिक गर्भनरमा उम्मेदवारी घोषणा गरेका वझा रुपन्देहीको बुटवल निवासी हुन् । सन् २००५ मा चार्टड प्रेसिडेण्टको रुपमा प्रवेश गरेका वझा हाल तृतीय उपाध्यक्ष पदमा छन् । यस्तै द्धितीय डिष्ट्रिक गर्भनरका उम्मेदवार पहारी काठमाडौं निवासी हुन् । उनी सन् २००३ देखि लायन्समा आवद्ध छन् ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार शर्माले डिष्ट्रिक गर्भनरमा निर्वाचित भए लायन्स क्लवले गर्ने सामाजिक सेवाका कामलाई व्यापकता तथा परिणाममुखि बनाउनका लागि परिणाममुखि कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाए । उनले लायन्स सदस्यहरुलाई संस्थागत गर्नका लागि ‘एक क्षेत्र, एक प्रोजेक्ट’ ल्याइने बताए । उनले लायन्स क्लवहरुले प्राप्त गरेका उपलब्धीहरु प्रत्येक लायन्स सदस्यहरुको योगदानको प्रतिफल भएको भन्दै एक आफू नेतृत्वको एक वर्षको कार्यकाल हरेक लायन्स सदस्यहरुले मेरो कार्यकालको वर्ष हो भन्ने अनुभूति गराउने बताए । गर्भनरका उम्मेदवार शर्माले लायन्स क्लवहरुलाई आर्थिक रुपमा सशक्त बनाउनका लागि सञ्चालन गरिएको एनएलएफ गुठीको बृद्धिमा शत प्रतिशत सहयोग गर्न आव्हान गरिने उनले बताए ।
प्रथम उपाध्यक्षका उम्मेदवार सुनिल वझाले डिष्ट्रिक गर्भनरका उम्मेदवार शर्माले घोषणा गरेका कार्यक्रम महत्वपूर्ण रहेको भन्दै प्रथम उपाध्यक्षका हैसियतले आफू पूर्णरुपमा लाग्ने बताए । ‘डिष्ट्रिक गर्भनरका उम्मेदवार शर्माले ल्याउनु भएका सम्पूर्ण योजनाहरुलाई सफल बनाउन म पूर्णरुपमा लाग्नेछु’ उनले भने, ‘सुर्खेत र दैलेख क्षेत्रका लायनहरुलाई शत प्रतिशत भोट प्रदान गर्न आग्रह गर्दछु ।’
द्धितीय उपाध्यक्ष अनुपकुमार पहारीले डिष्ट्रिक गर्भनरले ल्याएका योजना कार्यान्वयन गर्नका लागि सबै लायन्सहरुको साथ र सहयोग आवश्यक रहेको बताए । उनले डिष्ट्रिक गर्भनरले ल्याएका योजनाहरु लायन्सको क्षेत्रमा नयाँ फड्कोका रुपमा व्याख्या गरे । कार्यक्रममा लायन्स क्लव अफ नेपालगञ्जका अध्यक्ष गोपालप्रसाद अधिकारी, रिजन चेयरपर्सन कल्पना कार्की, सागर भूषाललगायतले उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुलाई जिताउन लायन्स सदस्यहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा लायन्स क्लव अफ सुर्खेत कांक्रेविहारले प्रकाशित गरेको अर्धवार्षिक बुलेटिनको पनि विमोचन गरिएको थियो । सा बुलेटिनमा क्लवले गरेका गतिविधीहरु, आगामी योजनालगायतका विषय समेटिएको अध्यक्ष विन्दू नेपालले जानकारी दिइन् ।
लायन्स क्लव अफ सुर्खेत बुलुबुलेका अध्यक्ष नवराज गुरुङ, सचिव नैनसिंह खत्री र सदस्य मुकुन्दकुमार गिरीलाई सम्मान गरिएको थियो । गुरुङ निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को केन्द्रीय उपाध्यक्ष, गिरी एसओएस बालग्राम सुर्खेतको निर्देशक र खत्री प्याब्सनको छैटौं प्रदेश संयोजक भएकोमा सम्मान गरिएको हो ।