दुरदर्शी हुननसकेकाले वीरेन्द्रनगरमा ठूलो विमानस्थल निर्माण हुन सकेनः उपप्रधानमन्त्री खड्का (भिडियोसहित)


२७ असोज, सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले दुरदर्शी हुननसकेको कारणले वीरेन्द्रनगरमा ठूलो विमानस्थन निर्माण हुन नसकेको बताउनुभएको छ । सुर्खेत उद्योग बाणिज्य संघले आज वीरेन्द्रनगरमा आयोजना गरेको विजया दशमी, दिपावली, छठपर्व एवं नेपाल सम्वत् ११४४को अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री खड्काले विगतलाई सम्झदै बुलबुले देखिको पूर्व तर्फको भागमा ठूलो विमानस्थल बनाउन तत्कालिन राजा वीरेन्द्र समक्ष योजना पेश भएपनि धान खाने खेत मास्न नहुने भन्दै वीरेन्द्रनगरमा ठूलो विमानस्थल बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “त्यही विमानस्थल नेपालगंजको राँझामा बनेको हो । अहिलेपनि सबै जना मिलेर संचालित विमानस्थललाई केही बढाउन सकिन्छ । तर भविष्यकोलागि ठूलो विमानस्थल पनि कर्णालीमा बनाउन जरुरी रहेको छ ।”

उपप्रधानमन्त्री खड्काले कर्णालीको विकासकोलागि तिनैतहको सरकारको एकता हुन जरुरी रहेको बताउनुभयो । प्रदेशमा पर्यटन प्रवर्धनको सम्भावना हुँदाहुँदैपनि भौतिक पूर्वाधारले पछि त्यसैले अब पूर्वाधार विकासमा सबै लाग्नुपर्छ । रक्षामन्त्री खड्काले भन्नुभयो ।

यस्तै सुर्खेत उधोग बाणिज्य संघका अध्यक्षका लक्ष्मण कंडेलले अहिले आर्थिक मन्दीले व्यावसाय धरापमा परेको बताउँदै यसमा सरकारले व्यापारीहरुको समस्या समाधान गर्न सरकार समक्ष उपप्रधानमन्त्री खड्कालाई आग्रह गर्नुभयो ।