अल्का अस्पतालको बार्षिकोत्सवमा रक्तदान


३ फागुन, ललितपुर / काठमाण्डौंको अल्का अस्पताल प्रा.लि.ले आफ्नो १८औं बार्षिकाेत्सवकाे उपलक्ष्यमा विशेष रक्तदान कार्यक्रमक सम्पन्न गरेकाे छ ।
अस्पतालले स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष “रक्तदाता सम्राट” प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले अस्पतालका प्रशासकीय अधिकृत भगवान के.सी.लाई रक्त संकलन थैली हस्तान्तरण गरि शुभारम्भ गरिएको थियो ।

अस्पतालका अध्यक्ष कुमार थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५० जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा लायन्स रक्त सञ्चार सेवाका अध्यक्ष रूद्रहरि ज्ञावाली र डिष्ट्रीक गभर्नर शिवकुमार कटुवालको उपस्थिति रहेको थियो ।