रसुवामा १०३ पिन्ट रगत संकलन


७ फागुन, रसुवा/ नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र एस.एल.सी-५६ ब्याजद्वारा संयुक्तरूपमा तेस्रो पटककाे रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे बिशेष आतिथ्यतामा आयाेजित कार्यक्रमकाे शुभारम्भ कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधबप्रसाद अर्याल, नाैकुण्ड गाउँपालिकाकाे उपाध्यक्ष चन्द्रबहादुर तामाङ्ग, कालिकास्थान गाउँपालिका वडा २ का अध्यक्ष उमेश न्याैपाने, उत्तरगया गाउँपालिका वडा नं.४ का अध्यक्ष अमर बुलुन, कालिका क्याम्पस प्रमुख केशब रिजाल, कालिका क्याम्पसका पूर्बप्रमुख कमल आचार्यको उपस्थिति रहेको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवाका सचिब हेमनाथ खतिवडाले सञ्चालित कार्यक्रममा महिला तथा पुरूष गरि १ सय ३ जनाले रक्तदान गर्नुभएको उक्त कार्यक्रमकाे सभापतित्व एस.एल.सी. – ५६ ब्याजका का.वा. अध्यक्ष रामप्रसाद ढकालले गर्नुभएको थियोे भने कार्यक्रमकाे संयाेजन निशान गजुरेलले गर्नुभएको थियो ।