बुटवलमा दुर्लभ रक्तदाताहरुको भेला


Photo: Arjun Paudel Facebook

१२ फागुन, बुटवल । लुम्विनी प्रदेशको रुपन्देही बुटवलमा दुर्लभ रक्तदाता भेला सम्पन्न भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देही दुर्लभ रक्तदाता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । “स्वस्थ्य रगतः सबैको लागि” भन्ने नारा सहित दुर्लभ रक्तदाताहरुको भेला गरिएको समाजका केन्द्रिय महासचिव एवं बुटवल अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवि अर्यालले कार्यक्रमको उद्घाटन गर्दै  उपमहानगर आफ्ना नागरिकको स्वास्थ्यका बारे गम्भिर रहेको बताउँदै मानवीय जीवनको पवित्र कार्य रक्तदान भएकोले उपमहानगरले निःशुल्क रगतको व्यवस्थापन गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय महासचिव चौहान क्षेत्रीले दुर्लभ रक्तदाताहरुको भेला तथा सम्मान गरि संस्थागत एकतावद्घ बनाईने बताउँदै रगत जस्तो संवेदनशिल कुरामा निशुल्क रक्तदान गर्ने रक्तदाताहरुको सहि तथ्याङ्क कुरा विशेष गरेर रक्तसञ्चार कामको जिम्मा लिएको नेपाल रेडक्रस चुकेको उल्लेख गर्नुभयो । रुपन्देहीमा मात्र करिब ३ सय ५७ जना दुर्लभ रक्तदाताहरु रहेको क्षेत्रीले जानकारी दिनुभयो ।

स्मरण रहोस दुर्लभ रक्तदाता भनेर नेगेटिभ समूहका रक्तदाताहरुलाई भनिन्छ । जुन समूहका रक्तदाता न्यून मात्रामा हुने गर्दछन् ।