
नेपालगन्ज (बाँके) पवन जायसवाल । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रमका साथ अन्तराष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ ।
सुशील प्रखर क्यान्सर अस्पताल खजुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.ज्वलन्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोलेरेन्स नाइटीङ्गोलको तस्बीरमा अबीर सहित मल्यापर्णका साथै मैनबत्ती बाली कार्यक्रमको उद्घाटन गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा सञ्चालित रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरीका अनुसार अन्तराष्ट्रिय नर्सिङ्ग दिवसमा सुशील प्रखर क्यान्सर अस्पतालमा उपचार गराई रहेका बिरामीहरुलाई फलफूल बितरण गर्नुका साथै अस्पताल परिसरमा सरसफाई समेत गरिएको थियो । सो कार्यक्रमको सञ्चालन रोशनी सुवेदीले गर्नुभएको थियो ।



Prawash Kumar Shakya । ३० बैशाख २०८३, बुधबार १४:२३ बजे