
५ बैशाख, सुर्खेत । करिब १ महिना देखि नेपाल कै पहिलो संरक्षित वन काँक्रेविहारको मुल गेटमा संरक्षण गरि राखिएको गिद्धलाई आज कावासोती लगिएको छ ।
गिद्धको हेरविचार र संरक्षणमा जुट्नुभएका यूवा नवराज बोहोराले आज सम्पूर्ण प्रकृया पुरा गरेर गिद्धको थप संरक्षणकालागि कावासोतीमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको जानकारी दिनुभयो ।
करिब १ महिना अगाडी वीरेन्द्रनगरको लादेमा घाइते अवस्थामा फेला परेको गिद्धलाई शुरुमा वन कार्यालय सुर्खेतले आफ्नो संरक्षणमा राखेको थियो तर आहारको कमि संगसंगै गिद्ध विरामी हुँदै गएको अवस्था भएपछि कार्यालयले संरक्षित वन काँक्रेविहारमा छोडेको थियो । काँक्रेविहारमा अलपत्र अवस्थामा रहेको गिद्धलाई यूवाहरुको पलमा युवा अभियन्ता नवराज बोहोराले स्याहार संरक्षण गरेर राख्नुभएको थियो ।
बोहोरा भन्नुहुन्छ “हामीले यूवाहरुको सहयोगमा गिद्धलाई दैनिक मासु खुवायौ साथै यस्को उपचारमा पनि लाग्यो तर जति नै गरपनि गिद्ध उड्न नसक्ने भएपछि हामीले यस्को थप उपचार र संरक्षणकालागि जटायु रेष्टुरेण्टमा लैजाने योजना अनुसार आज त्यस तर्फ लग्दै छौं यो कार्यमा मलाई साथदिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु ।”



Prawash Kumar Shakya । ५ बैशाख २०७९, सोमबार १४:३६ बजे