सापकोटामाथि सांघातिक आक्रमण, २ जना पक्राउ


२६ बैशाख, सुर्खेत वीरेन्द्रनगर सुर्खेता संचालित साहारा क्याम्पसका सञ्चालक दुर्गा सापकोटा माथि सांघातिक आक्रमण भएको छ ।

लकडाउनको समयमा तरकारी बारीमा काम गरिरहनुभएका सापकोटा माथि आक्रमण भएको हो । वीरेन्द्रनगर ११ गाग्रेतालमा रहेको आफ्नै साहारा कृषि तथा पशुपालन फर्ममा आफ्ना दाजु रामप्रसाद सापकोटासँग काम गरिरहेका सापकोटा माथि अपरिचित २ व्यक्तिले आक्रमण गरेको बताइएको छ ।

पटक पटक कृषि फर्ममा आइ तरकारी लगायत कृषि औजार चोरी कार्यमा संलग्न उनीहरुले विहिबार भने सापकोटाका दाजुभाइलाइ नै आक्रमण गरेको स्थानीय रमेश लामिछानेले जानकारी दिनुभएको छ । उनीहरुको आक्रमणबाट क्याम्पस सञ्चालक सापकोटाको टाउकामा गहिरो चोट लागेको छ । उहाँको अहिले नेपालगन्ज नर्सिङ्ग होममा उपचार भैरहेको छ । प्रहरीले सापकोटा माथि आक्रमण गर्ने दुइ जनालाई नियन्त्रणमा लिइसकेको बताएको छ ।

सापकोटाको अवस्था गम्भीर रहेकोले आइसियू कक्षमा उपचार जारी रहेको सहकर्मी पत्रकार निर्मल प्याकुरेलले जानकारी दिनुभएको छ ।