गुठी व्यवस्थापन समितिको अध्यक्षमा योगी


मौसम कुमार
वैशाख १०, दैलेख ।

दैलेखको नाभिस्थान गुठीको अध्यक्षमा नविन योगी सर्वसम्मत निर्वाचित भएका छन् ।
चौथो साधारण सभावाट योगी सहितको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा भगिराम महतारा, सचिवमा ईन्द्रनाथ योगी, कोषाध्यक्षमा गगनबहादुर खडका लगायत निर्वाचित भएकाछन् ।

नवनिर्वाचित योगीले दैलेखको पर्यटकिय महत्वलाई झल्काउन नाभिस्थानको विकासमा ठोस कमद चाल्ने बताएकाछन् । सामाजिक तथा प्राविधिक प्रस्ताव निर्माण गरी पञ्चकोशी क्षेत्रको विकासमा र पर्यटकिय गन्तव्यको रुपमा चिनाउने तर्फ आफु लाग्ने उनको भनाइ छ । दैलेखको पर्यटकिय स्थल नाविस्थान साथै दैलेख एक ऐतिहासीक सम्पदाको धनि जिल्ला हो ।