
२६ गते, काठमाडौं / हाम्रो साझा एराेबिक एण्ड डान्सले आफ्नो आठाै वार्षिकोत्सबकाे उपलक्ष्यमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले भृकुटीमण्डप स्थित नियमित एराेबिक एण्ड डान्स सेन्टरमा आयाेजित कार्यक्रममा रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियो । रिमा सुब्बाद्वारा संयाेजन गरिएको रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ३८ जनाले रक्तदान गर्नुभएको थियो ।
त्यस्तै, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य कै प्रमुख आतिथ्यतामा नेपाल इलेक्ट्रिसियन संघद्वारा बालाजु बाईपासमा नियमित रक्तदान कार्यक्रम आयाेजना गरि सम्पन्न गरिएको छ ।
प्रमुख अतिथि कर्माचार्यले संघका अध्यक्ष एवं कार्यक्रमका सभापति दामाेदर प्याकुरेललाई रक्त संकलन थैली हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको उक्त कार्यक्रममा बिशेष अतिथिहरू क्रमशः काठमाडौं बिद्युतिय व्यवसायी संघका अध्यक्ष दिबेस कुमार जैन र नेपाल बिद्युतिय व्यवसायी महासंघका रेशम देवकोटा हुनहुन्थ्याे ।
कार्यक्रमका सभापति एवं नेपाल ईलेक्ट्रिसियन संघका अध्यक्ष दामाेदर प्याकुरेलले प्रमुख अतिथि कर्माचार्यलाई सम्मान पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ५५ जनाले रक्तदान गर्नुभएको कार्यक्रमकाे संयाेजन राधेश्याम शर्मा फुयाँलले गर्नु भएको थियो ।




Prawash Kumar Shakya । २६ जेष्ठ २०८१, शनिबार १८:१८ बजे