अमरज्योति नमुना उमाविमा स्मार्ट कक्षा, पढाईप्रति विद्यार्थीको रुची बढ्दै


20160731_131319सुर्खेत, १६ साउन । सुर्खेतको अमरज्योति नमुना उच्च माध्यामिक विद्यालय नेवारेले स्मार्ट कक्षा संचालन गरेको छ ।
आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गदै सामुदायिक विद्यालयतर्फ सुर्खेतमै पहिलो पटक अमरज्योति नमुना उच्च माविले स्मार्ट कक्षा संचालन गरेको छ ।
नीजि विद्यालय तर्फ हर्मन माइनर विद्यालयले पनि स्मार्ट कक्षा संचालन गरेको जनाएको छ ।
विद्यार्थीलाई बुझाएर सम्झने गरी पढाउनेको लागि स्मार्ट कक्षा संचालन गरेको विद्यालयले जनाएको छ ।
शिक्षक र विद्यार्थीले सजिलो तरिकाबाट पढ्न र पढाउन सक्ने भएकोले स्मार्ट कक्षा निकै लोकप्रिय बन्दै गएको प्रधानाध्यापक डिल्लीप्रसाद उपाध्याले वताउनु भयो ।

यो वर्षदेखि ६ कक्षामा २ वटा समुहमा परिक्षणको रुपमा स्मार्ट कक्षा संचालन गरिउको उहाँले वताउनु भयो ।
स्मार्ट डिभाईसमा सवै कुराहरु हुने भएकोले पठन पाठन गराउदा अत्यन्तै प्रभावकारी भएकोले थप कक्षाहरु पनि संचालन गर्नुपर्ने माग अभिभावकवाट आइरहेको विद्यालयले जनाएको छ ।
स्मार्ट डिभाईसमा उच्च क्षमताको कम्प्युटर, प्रोजेक्टर, श्रव्यदृश्य सामाग्री रहेको र स्मार्ट बोर्डको रुपमा प्रोजेक्टरले फालेको प्रोजेक्सन स्किनलाई टच गरेर पढने पढाउने गरिन्छ ।
स्मार्ट कक्षा संचालन भएपछि विद्यार्थीको पढाइप्रतिको रुची र उत्साह एक्कासी वढेको छ ।
यसलाई पाइलटिङ्गको रुपमा सुरु गरिएको र आउँदो वर्ष अरु कक्षामा पनि विस्तार गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले वताउनु भयो ।
उहाले अहिले ६ कक्षामा ३०÷३० जना विद्यार्थी राखेर २ वटा स्मार्ट कक्षा चलाइएको जानकारी दिनुभयो ।
स्मार्ट वोड, पोजेक्टर लगायतका सामाग्री किन्नको लागि पौने २ लाख रुपैया खर्च लगेको पनि अध्यक्ष आचार्यले उल्लेख गर्नुभयो ।
डिभाईसमा सम्पूर्ण शैक्षिक सामाग्रीहरु राख्न सक्ने भएकोले गणित, विज्ञान लगायतका प्राक्टिकल विषयहरु सिक्न र सिकाउन निकै सजिलो हुने गरेको शिक्षक÷ विद्यार्थीले वताएका छन ।
सुर्खेतकै नमुना विद्यालयको रुपमा रहेको अमरज्योति उच्च माध्यामिक विद्यालयले २०६७ सालवाट अंग्रेजी माध्यमवाट पठन पाठन सुरु गरेको थियो ।
विद्यार्थी घटन थालेपछि अंग्रेजी माध्यमवाट पढाउन थालिएको भन्दै विद्यालयले अहिले नीजि विद्यालयवाट मात्र २ सय भन्दा बढी विद्यार्थी आएको बताएको छ ।
20160731_132212के हो स्मार्ट कक्षा ?
स्मार्ट कक्षा भनेको अत्याधुनिक प्रविधी जडित कक्षाकोठामा विद्यार्थीहरु श्रव्य, दृष्य सुन्दै, हेर्दै, पढ्दै, रमाउदै ज्ञान हासिल गर्ने कक्षा भन्ने बुझिन्छ ।
शिक्षाको इतिहास हेर्दा गुरुकुल, आश्रम, पाठशाला, विद्यालयसम्म आइपुग्दा अनगिन्ती परिवर्तनहरु भइरहेका छन ।
खरी, पाटी, चक, डस्टर र कालोपाटी, सेतोपाटी, प्रोजेक्टर, डिजिटर वोर्ड हुदै स्मार्ट कक्षासम्म आइपुगेको छ ।

साभारः राराखबर अनलाइन