
ग्लोबल आइएमई बैंक सुर्खेतले पनि आज वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो १९औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा विभिन्न सुरक्षा निकायका तथा बैंकका ग्राहक र कर्मचारीहरुले रक्तदान गर्नुभएको ग्लोबल आइएमई बैंक लिमिटेड जुम्ला रोड शाखाका शाखा प्रवन्धक पदम तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले समाजिक उत्तरदायित्व अन्तर्गत बैंकको बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेका हौं यो हाम्रो कार्यक्रमले केही भएपनि विरामीहरुलाई रगत अभावको कमी हुने विश्वास लिएका छौं ।”
कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधिक विकाश गरीले जानाकारी दिनुभयो ।



Prawash Kumar Shakya । १८ पुष २०८२, शुक्रबार १४:०१ बजे