राष्ट्रिय प्रजातान्त्रिक महिला स‌ंगठनद्धारा जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ज्ञापनपत्र (ज्ञापनपत्र सहित)


सुर्खेत,६ भदौ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन जिल्ला कार्य समिति सुर्खेतले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

देशमा महिलाहरु माथि भइरहेका श्रंखलावद्ध घटनाहरु रोक्नमा सरकारले कठोर निर्णय नलिएकोमा नारा जुलुस सहित जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेका महिलाहरुको नेतृत्व गरिरहेकी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सुर्खेतकी अध्यक्ष सीतादेवी खाँडले जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामीछानेलाई ज्ञापन पत्र बुझाएकी थिइन ।
बलात्कारीलाई फाँसी दे, महिला हिंसा अन्त्य गर, महिलाका अधिकार सुनिश्चित गर लगायतका नारा लगाउँदै देशमा पछिल्लो समयमा डरलाग्दो तरिकाले बढिरहेका बलात्कार तथा महिला हिंसाका घटनाहरु प्रति सरकार गम्भीर हुन आग्रह गरेका थिए । चारवर्षदेखी ७५ वर्षसम्मका महिलाहरु बलात्कृतहुँदा समेत राज्य टुलुटुलु हेर बसेको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सुर्खेतका अध्यक्ष सितादेवी खाँणले बताईन् ।

ज्ञापन पत्रमा भनिएको छ, महिलाका हक अधिकारका कानूनहरु बनेपनि त्यसको कार्यान्वयन हुन नसकेको, मानवीयता, नैतिकता विना सामाजिक अवस्था विकराल बन्दै गएको अवस्थामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देश व्यापी विरोधका कार्यक्रमहरु गरिरहेको बताइएको छ ।

स्थानीय मंगलगढी चौकबाट शुरु भएको यालीले बजार परिक्रमा गरेर प्रशासन कार्यालय पुगेको थियो । उनीहरुले कालो पट्टी बाँधेर बलात्कारीलाई फाँसी दे, महिला हिंसा अन्त्य गर, महिलाका अधिकार सुनिश्चित गर लगायतका नारा लगाएका थिए ।र्यालीमा सांसद सोशीला शाही, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका केन्द्रीय सदस्य सन्तोषी शाहीठकुरी लगायतको उपस्थिती थियो ।

ज्ञापन पत्र