१६ भाद्र, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण आज कर्णालीमा १४ जनामा पुष्टी भएको छ । यो संगै कर्णालीमा संक्रमितको संख्या २ हजार ४ सय ५६ पुगेको छ भने डिस्चार्ज हुने को संख्या २ हजार १ सय १९ पुगेको छ ।
आज संक्रमितहुनेहरु वीरेन्द्रनगरका १० जना रहेको बताइएको छ । १ जना चौकुेनेका र अन्य २ जना जुम्ला र १ जना दैलेखका रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
यस्तै आज देशभर १ हजार ६९ जना संक्रमित पुष्टी भएको छ । जस्मा काठमाडौं उपत्यकामा मात्र ४८१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



Prawash Kumar Shakya । १६ भाद्र २०७७, मंगलवार १७:२१ बजे