बाँकेमा ५० पिन्ट रगत संकलन


पवन जायसवाल ।

नेपालगञ्ज (बाँके)

द रोयल फिटनेश जोनले बाँकेमा रक्तदाता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मानव धर्म सेवा समितिकी महात्मा चन्द्रकान्ता बाईजीले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने थैली हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेका सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिल पुलामीमगर, सुभाष रावत, टंक साउद, बैकुण्ठ रेग्मी, बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग सम्पन्न कार्यक्रममा द रोयल फिटनेश जोनका अध्यक्ष अमित लामा, एकता युवा क्लबका अध्यक्ष राजेश यादव, श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय जानकी गा.पा. वार्ड नं.–५ गुरुवा गाउँकी प्रधानाध्यापक सन्ध्या शर्मा, धमेन्द्र शाही, बिक्रम हरिजन, अशोक कुमार मगर, बिशाल सलामीमगर, सागर बिष्ट, फत्तेहसिंह थारु, बिशाल जिएम, रुपेश दुलाल, भीम पोखरेल, बसन्त पौडेल, पंकज भुषाल, पूर्ण बहादुर चन्द, अभय भुषाल, सबी गुरुङ्ग, सञ्जु लामा गुरुङ्ग, दिनेश सलामीमगर, शुसान्त चन्द ठकुरी, बोलु जिएम, राहुल गुरुङ्ग, बिशाल केसी, रुबिना मल्ल, दिनेश मल्ल, दिनेश काफ्ले, बिजय पाठक, अशोक कुमार गुरुङ्ग, दिपेन्द्र खडका, रोशिला आचार्य, आरोही पशुपति ट्रेडर्सका सञ्चालक प्रवेश अधिकारी, हेमन्तराज महत, कमलेश साह, बिबेक ओली, देवेन्द्र सिंह ठकुरी, सन्दिप गुरुङ्ग, दिवाकर खत्री, बीरेन्द्र गहतराज, अनुरोध नीलसागर, गौरब घर्तीमगर, महेन्द्र आचार्य, भावना पौडेल, मनकामना आयुर्वेदका लक्ष्य बहादुर बिक, बिरजन रिजाली, जावेद गद्दी, सर्वेश शर्मा, अजय साहु, राजेश कठायत, रेशमलाल थारु, माया बुढामगर लगायत ८ महिला सहित ५० जनाले रक्तदान गरेको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो ।