राष्ट्रिय लोकदोहोरी दिवस २०८२को उपलक्ष्यमा रक्तदान सम्पन्न


oplus_0

वीरेन्द्रनगरमा आज सम्पन्न रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको छ । राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठान नेपाल सुर्खेतले २५औं राष्ट्रिय लोकदोहोरी दिवस २०८२ को अवसरमा आयोजित रक्तदान कार्यक्रमा उक्त रगत संकलन गरिएको हो ।

प्रतिष्ठान सुर्खेतका अध्यक्ष कवीराज गिरीका अनुसार प्रतिष्ठानले दिवसको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रहेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “रगतको अभावमा कसैले मृत्युवरण गर्न नपरोस् भन्दै रक्तदान जस्तो महानकार्य गरेका हौं । म आफै पनि एक स्वयंसेवी रक्तदाता भएको कारणले रक्तदान कार्यक्रमको आयोजना गर्न पाउँदा हर्षित छु ।”

त्यस्तै कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं कर्णालीका सर्वाधिक रक्तदाता प्रवाश कुमार शाक्यले विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम आयोजनाले रगत आपूर्तिमा केही सहज हुने गरेता पनि सरोकारवाला निकायले जनचेतनामूलक जागरण कार्यक्रम चलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।