कोषराज वन्तको भ्रष्टाचार प्रकरणमा डीआइजी समेत तानिए


१८ माघ, काठमाडौं । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका पूर्व सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई जोगाउन खोजेका डिआइजी अरबिन्द धिताल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले सशस्त्र प्रहरी बलका पूर्व महानिरिक्षक कोषराज वन्त र डिआइजी धितालसहित अन्य ९ प्रहरी अधिकारी विरुद्ध विषेश अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर गरेको हो ।
अख्यितारले साददाज्योति र अदिती ट्रान्सर्पोटका सञ्चालक उज्वलकुमार थपलिया र भरत कुमार थापा विरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
समान ढुवानी प्रक्रियामा नक्कली विल बनाएर भ्रष्टाचार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलका निर्वतमान आइजीपी वन्त विरुद्ध अख्तियारले ६ करोड ६९ लाख ४१ हजार विगो माग दावीसहित मुद्दा दायर गरेको हो ।
यस्तै तत्कालिन सशस्त्र प्रहरी निरिक्षक बिनबहादुर थापा विरुद्ध पनि उतिकै बिगो मागदावी सहित अख्तियारले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरी जवान मिलन अधिकारी, सशस्त्र प्रहरी नायब निरीक्षकहरु देवेन्द्रकुमार श्रेष्ठ, निलबहादुर श्रेष्ठ, लेखबहादुर खत्री, पूर्व सशस्त्र प्रहरी उपरीक्षक जगतनारायण श्रेष्ठ विरुद्ध पनि मुद्दा दायर भएको छ ।

साभारः अनलाइन खबर