तीन दिनदेखि जुम्ला ठप्प, अनुसन्धानका लागि एआइजीको टोलि जुम्लामा


चन्दननाथ मूर्ति चोरी प्रकरण

29112016044203dharna-1000x0मंसिर १४, २०७३- कर्णालीको धार्मिक एवं पर्यटकीय चन्दननाथ मन्दिरबाट दत्तात्रयको मुख्यमूर्तिसहित अन्य बहुमूल्यकामूर्तिहरु चोरी भएपछि तीन दिनदेखि जुम्ला ठप्प छ ।

स्थानीयहरु चोरीको उच्चस्थरीय छानबिन समिति गठन, तत्काल अनुसन्धान लगायतका मागहरु राखेर आन्दोलनमा उत्रिएक छन् । तीन दिनदेखि जुम्ला सदरमुकाम खलंगा बन्द छ । सरकारी कार्यालयहरुमा समेत कामगकाज हुन सकिरहेको छैन ।

कर्णालीवासीको अस्तित्व पुरै समाप्त गर्न खोजिएको भन्दै स्थानीयहरु सडकमा उत्रिएका छन् । महिलाहरले दिनभर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइरहेका छन् ।

स्थानीय प्रशासन, प्रहरी तथा गुठि व्यवस्थापन समितिको चरम लापरवाहीले चोरी भएको भन्दै जिल्ला स्थित राजनीतिकदलहरुले अनुसन्धानको लागि कडा कदम चालिनुपर्ने माग राख्दै प्रेस विज्ञप्ती निकालेका छन् ।

अनुसन्धानका लागि एआइजीको टोली
यस्तै थप अनुसन्धानका लागि आजै एआइजी विज्ञानराज शर्मा, डिआइजी माधव नेपाल लगायत सिआइबीको टोलि जुम्ला पुगेको छ । अहिले साँझ ५ बजे नागरिक समाज, राजनीतिकदल, पत्रकार र स्थानीयसँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी रुद्धप्रसाद पण्डितले बताए ।

‘भरखरै उच्च प्रहरी अधिकारीहरु कार्यालयमा पुगेको खवर प्राप्त भएको छ,’ प्रमुख जिल्ला अधिकारी पण्डितले भने, ‘टोली प्रशासन कार्यालयमा आइपुगेपछि सल्लाह गरेर छलफलका लागि बोलाउने तयारी भैरहेको छ ।’
साभारः कान्तिपूर अनलाइन