
१३ कार्तिक, सुर्खेत । सामुदायिक उत्थान प्रणालीकालागि काम गर्दै आएको फोकस नेपालले दिपावलीको शुभकामना आदान-प्रदान कार्यक्रममा विगत ४५ बर्ष देखि अहोरात्र रक्तदानको क्षेत्रमा काम गर्दै आउनुभएका नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यलाई सम्मान गरेको छ ।
कर्माचार्यलाई फोकस नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न सामाजिक संघसंस्था मार्फत राष्ट्र विकास र सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय सेवा सम्मान-२०८१ बाट गर्नुभएको हो ।
स्मरण रहोस कर्माचार्यले हालै मात्र कर्णालीको जुम्ला जिल्लामा १८०औं पटक रक्तदान गर्नुभएको थियो । उहाँले यूवाहरुमा रक्तदान गर्ने भावना उत्प्रेरित होस भन्दै विभिन्न जिल्लामा रक्तदान गर्दै आउनुभएको छ साथै संस्थागतरुपमा स्वयंसेवी रक्तदाताहरुले दानमा दिएको रगत निःशुल्क पाउनपर्छ भनी सरकार सँग माग गर्दै आउनुभएको छ ।
Prawash Kumar Shakya । १३ कार्तिक २०८१, मंगलवार २१:०८ बजे