सुर्खेत, ३० साउन ।
साविकको लाटीकोईली गाविस वडा नं ८, हाल वीरेन्द्रनगर नगरपालिकका वडा नं.९ स्थीत जिल्लाकै ऐतिहासिक शिब मन्दिरमा यहि साउन २ गते देखि शुरु भएको सोमबार मेला आज (सोमबार) समापन भएको छ ।
जिल्लाकै एक मात्र ऐतिहासिक शिब मन्दिरमा बिगत समयमा शिबरात्रिको दिन मात्र बिशेष मेला लाग्ने गरेता पनि, केहि समय यता प्रत्येक बर्षको साउन महिना सोमबारका दिन जिल्ला र जिल्ला बाहिरबाट दर्शालु–भक्तजनहरु आएर दर्शन गर्ने गरेको हुनाले विगत केहि समय यता साउन सोमबारका दिन शिब मन्दिरमा मेला लाग्ने र मेलामा आउने भक्तजहरुलाई बस्न, खानका र भजन—क्रितन सहित मेलाको आयोजना गर्ने गरिएको छ ।
शिब बिहार पुस्तकालयका उपाध्यक्ष सरोज कुमार श्रेष्ठका, अनुशार यस शिब मन्दिरमा प्रत्येक बर्षको साउन महिनाको सोमबारका दिन ठुलो मेला लाग्ने गरेता पनि बिशेष गरी यस बर्ष, यस जिल्ला र लाटीकोईलीको शान्तिका लागी भारतको जम्मुबाट आएका श्री श्री गुरु योगी १०८ बाबा भुतनाथ जी, उनका चेला श्री योगेशवरनाथ जी, बाबा टिटुनाथजी, टिंकुनाथजी, श्री १०८ श्री पीर दीपकाई नाथजी बाबाका साथमा धुमधामसंग हवन गरिने र हवन पश्चात श्रद्धालु भक्त जनहरुलाई भोज समेत गराउने बताए ।
द त्रिरत्न सम्बादाताको प्रश्नलाई उत्तर दिदै, श्री श्री योगी १०८ बाबा भुतनाथ जीका चेला श्री योगेशवरनाथले भने, यो हवन र भोजन बिशेष कोहि–कसैको होईन । कसैले गरेको होईन, हामी बाबाहरु भनेको त, कहिले पनि आफ्नो लागी भनेर सोच्दैनौं । एक तिर बाट लिन्छौं र अर्को तीरबाट बाड्छौं, सोहि कारण भण्डारा भनेको सबैका सोहि अधिकार लाग्ने र सबैको शक्ति एकै हुने हो, यो भण्डारामा कोहि धनि, कोहि गरिव भन्ने हुदैन, यहां करोड पतिले कमाएको एक मुठी पनि छ भने, माग्ने मग्नतेले दिएको एक मुठी पनि छ । त्यसैले यो भण्डार सबैको हुनुका साथै हामिहरु धेरै पटक यस स्थानमा आएर फर्किने गरेकोले यस बर्ष यस स्थानको शान्तिको लागी हवन र भण्डारण गरिएको बताए ।



Milan Shrestha । ३० श्रावण २०७४, सोमबार १०:५४ बजे