मंगलगढी-काँक्रेविहार सडकले पूर्णता पाउँदै (भिडियोसहित)


२०७६ साउनबाट निर्माणकार्यको थालनी गरिएको मंगलगढी-काँक्रेविहार सडक खण्डले अझै पूर्णता पाउन सकेको छैन । शुरुमा स्थानीय सरकार र प्रदेश सरकारबाट निर्माण शुरु गरिएको सडक पछि प्रदेश सरकारले एकमुष्ठ ठेक्का आह्वान गरि निर्माण शुरु गरिएको सडकले भने अब पूर्णता पाउने भएको छ ।

अमर-सिस्ने-मेगा जेवीको नाममा स्वीकृत भएको सडक बनाउने काम सरकारले समयमा सडक नबनाए पछि कालो सूचीमा राख्दै घरौटी रकम जफत गरेपछि भने अमर कन्ट्रक्सनले सडक बनाउन शुरु गरेको हो । यसविषयमा वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा अध्यक्ष ऋषि गिरी भन्नुहुन्छ “निर्माण कम्पनीलाई धेरै सम्झाएपछि निर्माण बन्द भएको सडक पुनः निर्माण हुन शुरु गरेको हो । त्यस्कालागि हामीले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, पूर्वाधार विकास मन्त्री शेरबहादुर बुढा र पूर्वाधारका सचिव ईन्द्रचन्द्र मरहठ्ठा एवं निर्माण व्यावसायी अमर कन्सट्रक्सनलाई एकसाथ राखे पुनः निर्माणको पहल थालिएको हो अब भने यो पुष मसान्त सम्म निर्माण गरिसक्ने निर्माण कम्पनीले जनाएको छ । त्यस्तै यो सडकको नवज्योति स्कूल नजिकमा रहेको पिपलको रुखलाई नकाटेरमा त्यहाँ चौतारी बनाएर संरक्षण गर्ने सहमति भएको छ ।”

यता ९ नं. वडाका पूर्व अध्यक्ष सुरेश मानन्धर पनि आफू अध्यक्ष हुँदाको ड्रिम प्रोजेक्ट सम्पन्न हुन लागेकोमा निकै खुशी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “यो ड्रिम प्रोजेक्ट अब भने सम्पन्न हुने भएको छ । यस्कालागि पहल गर्ने तत्कालिन नगरप्रमुख देखि वर्तमान जनप्रतिनिधीहरुलाई म धन्यवाद व्यक्त गर्दछु ।”