
नुवाकोटको बिदुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज नुवाकोट जिल्ला शाखा गठन गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न एकभेलाले नुवाकोट शाखा गठन गरेको हो ।
भेलाले रबिन्द्रनाथ न्याैपाने अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । त्यस्तै नवगठित कार्यकसमितिको उपाध्यक्षमा सम्झना प्याकुरेल, सुजन गजुरेल सचिवमा,अस्मिता खनाल काेषाध्यक्षमा र सदस्यहरूमा क्रमशः शेषमान तामाङ, उपेन्द्र मिश्र, रमेश श्रेष्ठ, सुमन श्रेष्ठ, बद्रिनाथ फुयाल, सुरेन्द्र भट्ट, ज्ञानेन्द्र गिरी, बद्री प्याकुरेल र रमेश गिरीलाई चयन गरेको छ ।
कार्यक्रममा समाजका केन्द्रीय कोषाध्यक्ष प्रमिला लामाको पनि उपस्थिति रहेको थियो ।
Prawash Kumar Shakya । ८ फाल्गुन २०८१, बिहीबार ०८:४७ बजे