वीरेन्द्रनगरमा रात्रीकालिन व्यावसाय व्यवस्थित बनाउन प्रजिअलाई सुर्खेत उद्योग बाणिज्य संघको सुझाव


सुर्खेत उद्योग वाणिज्य संघले संघीय राजधानी जस्तो शहरमा रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएको छ । नयाँ प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायलाई आइतबार संघमा स्वागत गर्दै आर्थिक मन्दीको मारमा पर्दै गएको व्यापार व्यवसायलाई राज्यले डण्डा लगाएर बन्द गराउँदा झन चौपट हुने अवस्था आएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको हो ।

रातिको १० पनि नबज्दै प्रहरीले डण्डा तेस्याउँदै होटल रेष्टुरेण्ट बन्द गराउँदा बाहिरी जिल्लाबाट आउने अतिथिहरुले नै गासवासको समस्या झेल्नुपरिरहेको छ । अध्यक्ष लक्ष्मण कंडेललले भन्नुभयो रात्रिकालीन व्यवसायलाई नियन्त्रण हैन नियमन गर्नुपर्छ । मदक पदार्थ सेवन गरेर होहल्ला र लडाई झगडा गर्नेहरुलाई नियन्त्रण र निरुत्साहित गर्ने गरी सुरक्षा व्यवस्थापन मिलाउन माग गर्दै उहाँले सेवामुलक व्यवसाय भने निरन्तर संचालन गर्न पाउनुपर्ने औंल्याउनुभयो । साथै अध्यक्ष कँडेलले सुर्खेतमा रहेको विद्युतको समस्या समाधानका लागि १ सय ३२ केभीए राष्टिय प्रशारण लाईन विस्तारमा बाँके जिल्लामा उत्पन्न विवाद समाधानमा समन्वयकारी भुमिका निर्वाह गर्नपनि उहाँले नयाँ प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका सहभागीहरुले लागु औषधको दुर्व्यसनले विभिन्न सामाजिक समस्या उत्पन्न गरेको र त्यसैका कारण पसल व्यवसायमा चोरीका घटना बढेको भन्दै सुरक्षाका लागि ध्यानाकर्षण गराएका थिए । व्यवसायीका गुनासा सुनेपछि नयाँ प्रमुख जिल्ला अधिकारी उपाध्यायले आफुपनि लामो समय अर्थमन्त्रालयमा बसेर काम गरेको उल्लेख गर्दै अर्थतन्त्रमा परेका असरबारे आफु जानकार रहेको बताउनुभयो । अहिले व्यापार व्यवसाय धराशायी हुने अवस्थामा छन् भन्ने कुरा मैलेपनि बुझेको छु । उहाँले भन्नुभयो आफ्नो कार्यक्षेत्रको दायरामा बसेर गर्न सक्ने जत्तिको सकारात्मक प्रयास गर्नेछु । आफुपनि सुर्खेती भएका नाताले सुर्खेतलाई अपराध मुक्त तथा सुरक्षित वातावरणमा नागरिककलाई बाँच्ने र व्यापार व्यवसाय गर्ने स्थिति सिर्जना गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।