भेदभाव रहित जनचेतना जगाउन आवश्यक छः उपाध्यक्ष नेपाली (भिडियो सहित)


सुर्खेत,३० साउन । वीरेन्द्रनगरमा आयोजित बाल–बालिकाहरुका लागि सहयोग बितरण कार्यक्रममा, कार्यक्रमका अध्यक्ष एवंम् सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्षले उक्त कुरा औल्याउनु भएको हो ।

सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–०६ सुर्खेतले आफ्नो १७ओं स्थापना दिवसको अवसरका सुर्खेत जिल्ला वीरेन्द्रनगर–१० अवस्थीत नव जीवन बाल संरक्षण केन्द्रमा रहेका बाल–बालिकाहरुका लागि खाद्यान्न वितरण कार्यक्रमका सहभागीहरु बिच उक्त कुरामा उपाध्यक्ष पूर्णबहादुर नेपालीले जोड दिनुभएको हो ।

उपाध्यक्ष नेपालीले, सडकमा रहेका बालबालिकाहरुलाई बिना सर्त यसरी संस्थागत रुपमा पालन–पोषण गर्ने कार्य आफैमा चुनौति रहेको हुदा , राज्यले गर्ने कार्य कुनै व्यक्ति र स्थानियहरुले गरेकोमा खुशी व्यक्त गर्दे बालबालिकाहरुका लागि भेदभाव रहित जनचेतना जगाउन पनि आवश्यक रहेको बताउनु भयो, उहांले थप्नु भयो, तपाईहरु भाग्नमानि हुनुहुन्छ जसले आश्रय सहित दुई गास खान पाउनु भएको छ तर यो समाज त्यस्ता खालका बाल–बालिकहरु हुनुहुन्छ जसले दुई छाक खान र उचित शिक्षाका लागि भौतारी रहनु परेका छ र विभिन्न भेदभावहरु खेपि रहनु परको छ ।

जानकारी सहित मन्तव्य दिदै कार्यक्रमका अध्यक्ष पूर्णबहादुर नेपाली, साथमा सहकारी संस्थाका सल्लाहकार बिधाभूषण मानन्धर ।

कार्यक्रमका बोल्दै नेपालीले २०५८ सालमा स्थापना गरिएको सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले बचत संकलन गरी कर्जा लगानी गर्ने कार्य मात्र नभई सामाजमा रहेका बृद्ध–बृद्धा, बाल–बालिका सहित असाहय व्यक्तिहरुलाई विभिन्न सहयोग गर्नुका साथै स्वास्थ्य, सरसफाई, वातावरण संरक्षणका विभिन्न जनचेतना मूलक कार्यक्रमहरु गर्दे आईरहेको समेत बताउनु भयो ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवंम् नव जीवन बाल संरक्षण केन्द्रका अध्यक्ष गोकुल गुरुङ्गले, यस केन्द्रमा धेरै व्यक्ति, संघ–संस्थाले नगदी, लत्ता–कपडा, खाधान्न,, मौसमी तरकारी जस्ता सामाग्रीहरु दिएर सहयोग गर्दे अहिले थुप्रै बालबालिकाहरुलाई सहयोग पुर्याउनु भएकोमा विभिन्न सहकारी, गैर सहकारी संघ संस्था, सहकारी, विधालय र व्यक्तिहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दे आफुहरुले शुरुगरेको यस केन्द्रमा आगामि दिनहरुमा पनि बालबालिकाहरुको आवश्यकताका लागि सहयोग मिल्ने आशा समेत व्यक्त गर्नु भएको थियो ।

गुरुङ्गका अनुशार केन्द्र पहिलेको भन्दा आज भोली सहज रुपमा संचालन भएता पनि बर्षको २ पटक आफूहरुलाई धेरै ठुला समस्या पर्ने समेत बताउनु भयो, गुरुले बाल–बालिकाहरुको नाम लेखाउदा र जाडोको मौषममा आफुहरुलाई सधै समस्या पर्ने कुरामा समेत जोड दिनु भयो ।

कुल २० जना बालिका र १८ जना बाल सहित ३८ जना बालबालिका र ५ जना कार्यरत कर्मचारी रहेको नवजीवन बाल संरक्षण केन्द्रमा, सहकारी संस्थाले अयोजना गरको खाधान्न वितरण कार्यक्रममा, संस्थाले १०० केजी चामल, ४० केजी दाल, २० लिटर तेल, २ पेटी चाउचाउ र १ पेटी बिस्कुट वितरण गरेको थियो भने कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार बिधाभूषण मानन्धर, कोषाध्यक्ष सुरेशबहादुर गौतम, संचालक समितीका सदस्यहरु इच्दबहादुर थापा, महेश्वर तिवारी, राजेन्द्र गौतम, भद्र भण्डारी, शिक्षा उप–समितिका सदस्य बालकृष्ण श्रेष्ठ, महिला परिचालन उप–समिती संयोजक चन्द्रा खड्का र संस्थापक सदस्य बालकृष्ण पौडेल उपस्थित रहेको खाधान्न वितरण कार्यक्रमको सहजीकरण शिक्षा उप–समिति संयोजक मिलन श्रेष्ठले गर्नु भएको थियो ।