
‘सबै भन्दा मेरो ठूलो’ अरुको लिङ्ग नदेखेसम्म किशोरावस्थामा सबैले यस्तै ठानेका हुन्छन् । जब अरुको पनि देखेका हुन्छन, आफ्नो भन्दा अरुको नै ठूलो देख्न थाल्दछन र खिन्न मान्न पनि थाल्दछन । लिङ्गका धनी वयस्कहरुको घमण्डले प्रचार गरेको भ्रमको शिकार यसरी भएका हुन्छन किशोरकिशोरीहरु । ठूला लिङ्ग हुनेहरुले चाहिं यौनसम्पर्क गर्दा बढी आनन्द प्राप्त गर्ने भ्रम पारेकाले नै साना लिङ्गहुनेहरुलाई पीर परेको हो ।

यौन साथीलाई सन्तुष्टि दिन नसक्नु भन्नु केवल एक मानसिक धारणा वा भ्रममात्र हो । किनकी महिलाको योनीलाई तीन भागमा बाँड्दा अगाडीको एक भागमा मात्र यौन आनन्दको अनुभूति गराउँन मद्दत गर्ने वा चेतना दिने स्नायु ९क्भलकयचथ ल्भचखभक० रहेको हुन्छ, त्यो पनि एक किसिमको प्रोष्टेट ग्लाण्ड हो । जसमा छुँदा आनन्द आउँछ । त्यसमा लिङ्गको घर्षण हुँदा महिलाले आनन्द लिएका हुन्छन । त्यसै भागमा लिङ्गको घर्षण धेरै हुन्छ । त्यसैले छोटो भन्दा छोटो त्यो योनीको बाहिरी भागबाट भित्र २ इन्चसम्म मात्र हुन्छ । त्यसकारण लिङ्गको लम्बाई पनि २ इन्च भन्दा अलिकति मात्रै लामो भए यौन सनतुष्तिको लागि काफी हुन्छ । बाँकि लम्बाईको कुनै अर्थ छैन । अनि पुरुष्लाई आननद आउँनु भनेको पनि योनीमा लिङ्गको घर्षण गराउँनु हो । त्यसैले छोटा लिङ्ग हुनेहरुले पनि लामा लिङ्ग हुनेहरुले जत्तिकै आनन्द लिन सक्दछन् । मात्रै कुरा के हो भने दुबै जनालाई यौन आनन्द लिन लिङ्ग राम्रोसँग उत्तेजित हुनपर्दछ, आसन ९एयकष्तष्यल० मा स्थान अनुसार परिवर्तन गरिरहनु पर्दछ र अनेको किसिमका फोर प्ले पनि गर्नुपर्दछ । अर्को कुरा, लिङ्गको लम्बाई योनीको लम्बाई भन्दा केहि लामो छ भनेपनि यौन सम्पर्कमा केही फरक पार्दैन । किनकी यौनसम्पर्क गर्दा योनीको लामो भाग योनीमार्ग हुँदै पाठेघरको मुखको पछाडि रहेको एउटा थैलो जस्तो ठाउँ जसलाई अंग्रजीमा एयगअज या म्यगनबिक भनिन्छ, त्यहाँ छिर्दछ । त्यो तन्कने किसिमको तन्तुले बनेको हुन्छ । त्यसैले सामान्यतया यौन सम्पर्कमा लिङ्गको लम्बाई छोटो वा लामो भएर केही असर गर्दैन ।
प्राय मानिसको लिङ्ग बाङ्गो नै हुन्छ । अधिंकशको चाहिं लिङ्ग उत्रेनित भएको बेलामा माथि तिर घुमाउरो पाराले बाङ्गो भएको हुन्छ भने कतिपयको चाहिं अलिअलि दायाँ वा बायाँ तिर फर्किएको हुन्छ । किशोरहरु शुरुशरुमा बाङ्गो लिङ्ग भएको कारण चिन्ता गरिरहेका हुन्छन भने समाजमा माथितिर बाङ्गीएको लिङ्ग हुनृले चाहिँ बढी यौन आनन्द लिनसक्छन भन्ने अर्को भ्रम पालेका हुन्छन । कतिपय पुरुषहरुले यौनसम्पर्क गर्दा चिप्लोपना धेरै भयो भनेर रुमालले बेलाबेलामा पुछ्ने गरेको बताउँछन, तर त्यसो गर्नु हुदैन किनकि खस्रोपनाले पीडादायी यौनसम्पर्क हुन्छ ।
साभारः यौन जिज्ञासा अनलाइन
Milan Shrestha । १६ बैशाख २०७३, बिहीबार १८:३७ बजे