कपाल कालो बनाउने प्राकृतिक तरिका


असमयमै कपाल फुलेर हैरान हुनुभएको छ भने यसरी कपाललाई पुनः कालो बनाउन सक्नुहुन्छः

अमला
अमला खाने, यसलाई मेहदीमा मिसाएर अनुहारमा दल्ने र नरिवलको तेल तताएर यसमा अमलाको रस मिसाइ टाउको मसाज गर्ने गर्नाले कपाल कालो हुँदै जान्छ ।

मरिच

कालो मरिचका दुई दाना पानीमा राखी उमाल्ने र यसरी उमालेको पानी सेलाइ टाउको धुने गर्नले कपाल कालो हुँदै जान्छ ।

कफी

कफी र ब्ल्याक टीको घोललाई फुलेको कपालमा लगाउनाले पनि कपाल कालो हुन्छ ।

घ्यूकुमारी

घ्यूकुमारीमा कागतीको रस मिसाइ पेस्ट बनाएर फुलेको कपालमा लगाउने र सुकेपछि पखाल्ने ।

दही

मेहदी र दही समान मात्रामा मिसाई पेस्ट बनाउने कपालमा लगाउने । यो गर्दा कालो हुँदै जान्छ ।

प्याज

नुहाउनुभन्दा केही समयअघि कपाल फुलेको ठाउँमा प्याजको रस लगाउने कपाल कालो हुँदै जान्छ ।

भृंगराज

भृंगराज र अश्वगन्धाको जराको पेस्ट बनाई यसलाई नरिवलको तेलसँग मिलाएर टाउकोमा लगाई आधा घण्टापछि मनतातो पानीले धुने ।

दूध

कपाल कालो बनाउन दूध लाभदायक हुन्छ । सातामा एकपटक काँचो दूधले कपाल मसाज गर्दा कपाल कालो हुन्छ ।

तपाईको प्रतिक्रिया

श्रोतः स्वास्थखबर पत्रिका