१३ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालय सुर्खेतले आज एक कार्यक्रमको आयोजना गरि वडामा रहेका अति विपन्न परिवारलाई जीवनयापन गर्न सजिलो होस भन्ने उद्देश्यले उन्नत जातका कुखुराका चल्ला वितरण गरेको छ ।
‘यो कार्यक्रम स्थानीय सरकारले शुरु गरिदिएको छ अब यस्लाई बढाउदै आआफ्नो आर्थिक स्तरलाई वृद्धी गर्नुहोस गरिवीको रेखामुनि कोही पनि बस्न नपरोस ।’ कुखुराका चल्ला हस्तान्तरण गर्दे वडा अध्यक्ष सुरेश मानन्धरले भन्नुभयो ।
त्यस्तै कार्यक्रममा वडा सदस्य पुरनबहादुर शाहीले वडामा रहेका विपन्न परिवारको आर्थिक पाटोलाई सहज बनाउनकालागि वडाले यो कार्यक्रमबाट आर्थिकस्तर उकास्न बाटो देखाइ दिएको बताउनुभयो ।
वडाका दलित महिला सदस्य टिका विकले भन्नुभयो “सबैजनाले दत्तचित भएर व्यावसाय गर्न सके आर्थिक स्तर पक्कै पनि उठ्छ । त्यसैले पनि व्यावसायिक वन्न जरुरी छ, सरकारले गरेको लगानीलाई सहि सदुपयोग गर्न आग्रह गर्दछु”
वडामा रहेका ३१ वट टोलविकास संस्थामा रहेका विपन्न परिवारलाई विपन्नताको परिचय पत्र र प्रतिपरिवारलाई १२/१२ वटा उन्नतजातका कुखुराको चल्ला वितरण गरिएको वडा सचिव देव प्रसाद मुलेलले बताउनुभयो ।
विपन्न परिचय पत्रले वडाबाट गरिने हरेक सिफारिसका प्रकृयामा शुल्क नलाग्ने वडाका कर्मचारी भिमबहादुर खड्काले बताउनुभयो ।
Milan Shrestha । १३ जेष्ठ २०७६, सोमबार २२:४५ बजे