बाँके सिटी हस्पिटलको प्रथम बार्षिकोत्सवमा बाँकेका शतक रक्तदाता जायसवाल सम्मानित


नेपालगन्ज (बाँके)  । बाँके सिटी हस्पिटल प्रा.लि.को प्रथम बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्नुका साथै नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाललाई सम्मान गरिएको छ ।

खजुरा गाउँपालिका वार्ड नं.–५ स्थित रहेको बाँके सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष अब्दुल कादीर शेष, कार्यकारी निर्देशक डा.मोहम्मद अनश शेष र हस्पिटलकी आमना शेषले संयुक्त रुपमा रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होमराज गिरी र सन्दिप आचार्यलाई रगत संकलन गर्ने थैली हस्तान्तरण कार्यक्रम शुभारम्भ गरिएको थियो ।

रक्तदान  कार्यक्रममा बाँके सिटी हस्पिटल प्रा.लि.का तसरीफ खान, फरमान शेष, मोहम्मद नकी खान, सिंह बुढाथोकी, बीर बहादुर थारु, रामसागर थारु, बिनोद चौधरी, सुदीप चौधरी, शमशेर चौधरी, यसरी स्वयंसेवी रक्तदाताहरुमा  ईलाका प्रहरी कार्यालय धनौली खजुराका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र सिंह कार्की, प्रदीप गिरी, नफीस कुरैशी, युवराज राना लगायत १३ जनाले रक्तदान गर्नुभएको थियो ।

बाँके सिटी हस्पिटलको प्रथम बार्षिकोत्सव तथा रक्तदान कार्यक्रमको अवसरमा बाँके सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष अब्दुल कादीर शेष, कार्यकारी निर्देशक डा.मोहम्मद अनश शेष र हस्पिटलकी आमना शेषले संयुक्त रुपमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले १ सय ४ पटक रक्तदान गरेकामा र रक्तदान अभियान कार्यमा पु¥याउँदै आउनु भएकोमा योगदानको उच्च कदर गर्दै सम्मान–पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होमराज गिरी, सन्दिप आचार्यले प्राविधिकमा सहयोग र अन्यमा पवन जायसवाल, बाँके सिटी हस्पिटल प्रा.लि.का आमना शेष, फरमान शेष, पूजा सिल्पकार, प्रकृति पुरी, आरती खत्री लगायतले पनि सहयोग गर्नुभएको थियो ।

सो कार्यक्रममा मानबीय कार्य, रक्तदान कार्यक्रमको आयोजना गरी सहयोग गर्नुभएकोमा बाँके सिटी हस्पिटल प्रा.लि. खजुराका अध्यक्ष अब्दुल कादीर शेषलाई  खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरीले प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो भने कार्यक्रमको समापनमा बाँके सिटी हस्पिटल प्रा.लि.का आमना शेषले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग पु¥याए बापत मायाको चिनो प्राविधिकद्वय होमराज गिरी र सन्दिप आचार्यलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

बाँके सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष अब्दुल कादीर शेषले हस्पिटलमा रहेका सम्पूर्ण कर्मचारीले पु¥याउदै आउनु भएको योगदानको सराहना गर्दै, तपाईहरुले आफनो जिम्मेवारी पूर्णवफादारीका साथ कार्य निर्वाह गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा कर्मचारी, स्थानीयबासी र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।