सिन्धुपाल्चोकको बराम्चीमा यात्रुबस दुर्घटना, २ को मृत्य, ८ घाइते


सिन्धुपाल्चोक– काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिके जाँदै गरेको बा२ख २७०२ नम्बरको यात्रु बस बराम्ची गाविसको गुह्यखोलामा बुधबार साँझ ७ बजे दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय जलवीरेका सइ दर्ज तामाङका अनुसार मृत्यु हुनेहरूमा सिन्धुपाल्चाेक गुम्बा गाविस–६ की ४६ वर्षीया माइली तामाङ र बराम्ची गाविस–६ का बाबा साङबाे तामाङ छन्। घाइते ८ जनाकाे उपचारका लागि मोटरसाइकलमार्फत जलवीरे प्राथमिक स्वास्थ्य केन्द्र लगिएकाेमा उनीहरू सबैलार्इ स्वास्थ केन्द्रले काठमाडाैं रिफर गरिदिएकाे छ। घाइते मध्ये २ काे अवस्था गम्भीर रहेकाे बताइएकाे छ। सइ तामाङका अनुसार गाडि सडकबाट ३ सय मिटर तल खसेकाे थियाे। प्रत्यक्षदर्शी तथा उद्दारमा खटिएका स्थानीय प्रविण श्रेष्ठका अनुसार उकालोमा बसको सापट खुस्किएपछि ओट राख्दा राख्दै पछाडी घस्रिएर सडकबाट तल खसेको थियो। 
साभारः नागरिक न्यूज