१६ असाेज, हेटाैँडा । मकवानपुर जिल्लाको हेटौँडाबाट हाडीखोला तर्फ जाँदै गरेको यात्रुबस दुर्घटनामा परेको छ ।हेटौडा बजारबाट करिब ७ किलोमिटरको दूरीमा रहेको पदमपोखरीको चकरीमकरीमा बस दुर्घटनामा परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा २०-२५ यात्रु घाइते भएको स्थानीयले खवर गरेको प्रहरीले जनाएको छ । उद्धारका लागि प्रहरी घटनास्थलमा प्रस्थान गरेको छ ।
साभारः अनलाइन खबर



Prawash Kumar Shakya । १६ आश्विन २०७३, आईतवार ०५:०७ बजे