बाँकेमा ३० पिन्ट रगत संकलन


नेपालगन्ज (बाँके) । नेपाल पत्रकार महासंघ बाँके शाखाले पौष ६ गते आइतवार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ३० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले संयुक्त रुपमा प्रादेशिक रक्तसञ्चार सेवाका वरिष्ठ प्राविधिक अधिकृत तथा प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रि सदस्य, बाँकेका पूर्व अध्यक्ष तथा दैनिक नेपालगन्जका सम्पादक झलक गैरै, नेपाल प्रेस यूनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री, नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओली, पहल केसी, मेघराज जिएम, सनातन आवाजका सम्वाददाता धर्म प्रकाश जायसवाल, पञ्चम धोबी, जागेश्वर सिंह थारु, शम्भु थारु, शंकर प्रसाद खनाल, लोकनाथ शर्मा, सोम गुरुङ्ख, दुर्ग बहादुर बिक, सुनिता श्रेष्ठ, बिनोद कुमार बैश्य, लोकमाया सुवेदी (सुमित्रा), मिसन टूडे राष्ट्रिय दैनिकका शुभाकर बिश्वकर्मा, बिष्णु प्रसाद बेल्वासे, पूर्णचन्द्र सुवेदी, पियूश प्रजापति, भिम बहादुर डाँगी, रामसुन्दर थारु, लक्ष्मी तिमिल्सेना, राजेन्द्र रोकाय, बिनोद गौतम, प्रेम एसके, नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.१० का स्वास्थ्यकर्मीद्वय धर्मेन्द्र सिंह, यशोदा थापा र सर्जिना बुढा लगायतले ३० जनाले रक्तदान गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिल पुलामीमगर, कविराज जैसी, प्रशान्त थारु, बैकुण्ठ रेग्मी र बीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीद्वारा सञ्चालित कार्यक्रममा पूर्व अध्यक्ष प्रेम केसी, नीरज गौतम, रुद्र सुवेदी, नेपाल प्रेस यूनियन बाँकेका पूर्व अध्यक्ष अर्जुन ओली, उपाध्यक्ष करुणा शाह, शमीरमान श्रेष्ठ, सलामत अली शेष लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा रक्तदाताहरुलाई कदर पत्र प्रदान गरिएको थियो । प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले नेपाल पत्रकार महासंघ बाँके शाखालाई धन्यवाद पत्र प्रदान गर्नुभएको थियो ।