भक्तपूरको मध्यपूर थिमीमा ५८ पिन्ट रगत संकलन


भक्तपुर, जेठ २३ — भक्तपुरको मध्यपुर थिमि नगरपालिका अन्तर्गत चोडे टोलस्थित नीलवर्ण गणेश मन्दिरको प्राङ्गणमा चोडे टोल परिवार तथा लिधंसा खलःको संयुक्त आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गर्नुभएको छ । नेपालका सर्वाधिक स्वयंसेवी सतक रक्तदाता तथा प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ५८ जनाले रक्तदान गर्नुभएको हो ।

प्रमुख अतिथि कर्माचार्यले संस्थाका परिकल्पनाकार तथा इन्जिनियर उत्तमकृष्ण श्रेष्ठ लाई रक्त संकलन थैली हस्तान्तरण गर्दै गर्नुभएको कार्यक्रममा रक्तदानजस्तो पुण्य कार्यले समाजमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व तथा परोपकारी भावनाको विकास गर्ने उल्लेख गर्दै वक्ताहरूले नियमित रक्तदानको संस्कृतिलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए ।

रुकेश कर्माचार्यको संयोजन रहेको कार्यक्रममा रक्त अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता आयोजक गरेको थियो ।