रक्तसमुह परिक्षण गर्न पुनम फाउन्डेसनद्वारा आहृवान


१९ पौष, सुर्खेत । रक्तदान तथा रक्तपरिक्षण गर्न पुनम फाउन्डेसन सुर्खेतले आहृवान गरेको छ । संस्थाद्वारा आज बुधवार जारी प्रेस विज्ञप्तिमा सुर्खेतका नागरिकहरुलाई रक्तदान तथा रक्तसमुह परिक्षण गर्न आहृवान गरेको हो ।

विज्ञप्तीमा ६ नं. प्रदेशका दश जिल्लाहरुमा समय समयमा रगत अभावका कारण सुत्केरी, बालबालिका तथा अन्य नागरिकहरुको ज्यान जाने गरेको, ‘६ नं. प्रदेशका अधिकांश नागरिकहरुलाई आफ्नो रक्तसमुहको बारेमा जानकारी नै थाहा नभएको । प्रायः मानिसहरु रक्तदान गर्न डराउने तथा रगतको मुख्य भण्डार भनेको मानव शरिर नै हो ज्ञानको कमी । जवसम्म हामी नियमित रक्तदान गर्दैनौ तब सम्म रगत अभावको परिस्थितीलाई निर्मुल पार्न सकिदैन ।’ उल्लेख गरिएको छ ।

६ नं. प्रदेशका दश जिल्लाहरुमा रगत अभाव समयमा नागरिकहरुलाई सरल तथा सहज रुपमा रक्तदाता उपलब्धताको लागी बिगत केही वर्षयता पुनम फाउन्डेसन लागि परेको छ । यही पौष २२ गते विहान आठ बजेदेखी वीरेन्द्रनगर सुर्खेतको वीरेन्द्रचौकमा एम.आर.आर. सुर्खेत र पुनम फाउन्डेसनको आयोजनामा नेपाल रेडक्रस सोसाइटी सुर्खेतसंगको सहकार्यमा रक्तदान तथा निःशुल्क रक्तसमुह परिक्षण कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।