
राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेन्जी यूवाहरुको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षति सम्बन्धमा अनुसन्धानलागि राप्रपाका यूवा नेता रवि किरण हमाललाई छलफलमा उपस्थित बोलाएको छ ।
आयोगले डा. लीलि थापाको संयोजकत्वमा गठित अनुसन्धान समितिमार्फत उक्त घटनाको अध्ययन गरिरहेको जनाउँदै, २०८२ पौष ३० गते बिहान ११ बजे हरिहर भवन, पुल्चोकस्थित आयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि उपस्थित हुन पत्राचार गरेको हो ।
छलफलमा प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार, राहत तथा क्षतिपूर्ति, साथै राज्य पक्ष र सरोकारवाला निकायबाट भएका पहलहरूबारे जानकारी लिने उद्देश्य रहेको आयोगले जनाएको छ ।
हमालले मानव अधिकार आयोग समक्ष उपस्थित भएर आफ्नो कुरा राख्ने बताउनुभएको छ ।



Prawash Kumar Shakya । २९ पुष २०८२, मंगलवार १८:१० बजे