
१२ माघ, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मी नेपाल कर्णाली प्रदेशले मानव सेवा आश्रममा सुर्खेतमा आश्रममा आश्रितहरुको कपाल काटेर केश सुधार गरेको छ ।
सौन्दर्यकर्मीहरुको एक समूहले आश्रममा आश्रितहरुको कपाल काटी केश सुधार गरि सरसफाइ गरेको सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रमी शाक्यले बताउनुभयो । “मानवताको सेवा नै सर्वोत्तम कार्य हो” भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै मानवसेवा आश्रममा आश्रितहरुको केश सुधार गरेका हौं ।
“सडकबाट आएकाहरुलाई सेवा गर्न मानिस हत्तपत्त आउँदैनन् यो लकडाउनको समयमा आश्रममा आश्रित आमाबुवाहरुको केशपनि लामो भएको थियो हाम्रो एक अनुरोधमा सौन्दर्यकर्मी यूनियन कर्णाली प्रदेशका अध्यक्ष प्रमी शाक्य ज्यूले सौन्दर्यकर्मीहरुको साथसहयोगमा केश सुधार गरिदिनुभएको छ यो कार्यले पनि हामीलाई धेरै सहयोग भएको छ यस्कालागि हामी धेरै धेरै आभार व्यक्त गर्दछौ ।” मानव सेवा आश्रम कर्णाली प्रदेश संयोजक श्रृजना मानव सेवाले भन्नुभयो ।
कार्यक्रममा ९ जना सौन्दर्यकर्मीहरुको सहभागिता रहेको थियो ।




Prawash Kumar Shakya । १२ माघ २०७७, सोमबार १८:४३ बजे