डिजे सन्तोषको ब्ल्याक पिपर्स संचालनमा


२० बैशाख २०७३ 
कुनै समय थियो जता ततै पार्टी पिकनिक अनि साँगितिक कार्यक्रमहरुमा बज्ने गर्थ्यो नेपाली रिमिक्स गित चिया बारीमा हो चिया बारी……… यही गितबाट चर्चाको शिखरमा पुगेका सुर्खेती युवा डिजे सन्तोष (सन्तोष सुवेदी) उनैले अहिले नेपाली अत्याधुनिक प्रविधियुत्त गित रेकर्डिंग स्टुडियो ब्ल्याक पिपर्स संचालनमा ल्याएका छन् ।
घरै पिच्छे जस्तै छन् रेकर्डिंग स्टुडियोहरु,प्रबिधिले सजिलो बनाएको छ । अब त ल्यापटपमा पनी गीत रेकर्ड गर्दै हिड्ने दिन आएको छ तर हामी अरू भन्दा भिन्न छौ”   डिजे सन्तोष भन्छन ।
उनको स्टुडियोमा ट्यूब र भल्ब एम्पलिफाइ प्रबिधी द्वारा गीतलाई मिंक्सिंग गरिन्छ । जुन प्रबिधीको प्रयोग गरिएका गीतको स्तर उच्च हुन जान्छ ।
श्रोताहरुले सुन्दा गायकको आवाजको अक्षरस्य बुझ्न सजिलो हुन्छ । यि प्रबिधि आफूले नेपाल भित्र्याउन निकै मिहिनेत गर्नु परेको उनी बताउछन् । बिचमा उनी बिदेशीएका थिए जसको कारण थियो संगीत संयोजन र मिक्सिंग सम्बन्धि ज्ञान लिनु नै रहेको थियो । उनका अनुसार उनले बैंकक, दुबाइ, हंगकंग जस्ता देशहरुमा संगीत कसरी संयोजन गर्दा रहेछन् र भारतमा पनी प्रयोग गरिएका उपकरणहरुका बारेमा आफूले अध्ययन गरेको बताउनछन् । आफूले नेपालमा प्रबिधि भित्र्याउनु अघि नेपालमा प्रयोगमा आएका रेकर्डिंग स्टुडियोको उपकरणहरुका बारेमा पनी ज्ञान लिएको बताउछन् ।
नेपालमा गायक-गायीका ले गीत गाए पछि मास्टरिंग गर्ने कार्य गरेको आफूले नपाएको उनी बताउदै गीतलाई मास्टरिंग नगरी बजारमा सार्बजनिक गर्दा कति पय राम्रा गीतहरु ओझेलमा परेको उनी बताउछन् । श्रोताको कानमा पुग्ने माध्यम अब आधुनीक भइ सके । स्टेरियो मोबाइल,हेडफोन,प्लेयरहरु गीत संगीत पारखीहरु संग छन् भने बिदेशी गीतको तुलनामा नेपाली गीतको लेबल र क्वालीटि कम भएकै कारण उपकरण हुदा हुदै र सुन्न चाहदा चाहदै पनी नेपाली गीत श्रोताहरुले नसुन्ने गरेको ले अब आफ्नो स्टुडियोमा मास्टरिंग गरेका गीतहरुले अन्य देशका गीतहरुसंग प्रतिस्पर्ध गर्न सक्ने उनी बताउछन् ।
डिजे सन्तोषका अनुसार उनको स्टुडियो ब्ल्याक पिपर्समा फाइभ इन वान कार्य र गीतहरुको भ्याकुम ट्यूव प्रयोग गरी मिक्सिंग गरिने कार्य गरिन्छ भने सिनेमाहरुको डबिंग पनी उनको स्टुडियोमा गरिन्छ । आफूले बिदेशमा पढेर सिकेको कुरा देशमा नै प्रयोगगरी स्वदेशी कलाकार र चलचित्रलाई बिदेशी सिनेमा र कलाकारको अगाडी क्वालीटि मा कुनै भिन्नता नरहने कार्य आफूद्वारा हुनेछन् भन्छन् । स्टुडियोले हालै मात्र सुरज शाही ठकुरीको गित Breaking news लाई युट्व मार्फत सार्वजनिक गरेको छ ।