नेपालगञ्जका सडकमा सौर्य बत्ती जडानको काम सुरु


२७ जेठ ।  विकास निर्माणको कामलाई तीव्रता दिएको नेपालगन्ज उपमहानगरपालिकाले सहरको मुख्य सुर्खेत downloadसडकखण्डमा सौर्य बत्ती जडान कार्य सुरु गरेको छ।  सो सडकखण्डको गणेशमान चोकदेखि पुष्पलाल चोकसम्म सौर्य सडक बत्ती जडान गर्न लागिएको इन्जिनियर सुरजकुमार गुप्ताले जानकारी गराए।
वैकल्पिक ऊर्जा प्रबर्द्धन बोर्डको ६० लाख र नगरपालिकाको १५ लाख गरी ७५ लाखको लागतमा यही असार मसान्तभित्र काम सक्ने गरी ७० वटा खम्बामा सौर्य बत्ती जडान गर्न लागिएको हो। सडक बत्तीमा वार्षिक सरदर ४ लाख खर्च गर्दै आएको नगरपालिकालाई सौर्य बत्ती जडानपछि सो आर्थिक भार नपर्ने र विद्युत प्राधिकरणको विद्युत् भार घटने अपेक्षा गरिएको छ।
साभारः सेतोपाटी अनलाइन