सुर्खेतबाट प्रकाशित हुने २ दैनिकी पत्रिकाको आज जन्मदिन


Untitled-1१ असोज सुर्खेत । सुर्खेतबाट निरन्तर प्रकाशित हुने काँक्रेविहार दैनिक तथा सुर्खेत पत्र दैनिकले आजबाट क्रमश १६औं र ६औं बर्षमा प्रवेश गरेेको छ । २०५८ सालबाट महेन्द्रकुमार मल्लको सम्पादकत्वमा तथा प्रबन्ध निर्देशक सुर्यबहादुर खड्का कार्यकारी सम्पादक कमलेश डिसी सहसम्पादक भावुक डिसी लगाएका सम्पूर्ण टिमले काँक्रेविहार दैनिकको यात्रा शुरु गराउनुभएको थियो ।

केही समयको प्रकाशन पछि देशमा संकटकाल शुरुभए सँगै काँक्रेविहार दैनिक बन्द भएको थियो ।

त्यस पछि पत्रकार सुर्यमणी गौतम ललित बसेल दुर्गा थापा नवराज शर्मा विष्णु भुषाल लगाएत अन्य केही साथीहरु मिलेर २०६० साल आजैका दिन देखि पुन प्रकाशन गरेको पत्रकार ललित बसेल बताउनुहुन्छ ।

अहिले काँक्रेविहार दैनिकलाई पत्रकार सुशिल शर्माले निरन्तर प्रकाशित गरिरहुन भएको छ ।

त्यसै गरि ५ बर्ष अगाडी देश शान्ति प्रक्रियामा गएता पनि संक्रमणकाल रहेकै वेला पत्रकार ललित बसेलले सुर्खेत पत्र दैनिकलाई जन्म दिनुभएको हो ।

अहिलेको समयमा सुर्खेतबाट ८ तथा दैलेखबाट २ गरी यस क्षेत्रमा १०  दैनिक पत्रिका प्रकाशित भैरहेको र चुनौती तथा प्रतिस्पर्धा अनी खोज पत्रकारितमा कमी रहेको बसेल बताउनुहुन्छ ।

अहिले को समयमा ब्यापक चुनौतीहरु जस्तो लोडसेडिङ्ग दक्ष जनशक्तिको कमीहरु रहेतापनि सुर्खेति जनताहरुलाई समयमा नै सही सूचना दिन अनी खोजी पत्रकारितामा सुर्खेतपत्र दैनिक सँधै लागिरहेने बसेल बताउनुहुन्छ ।

यही अवसरमा काँक्रेविहार दैनिक तथा सुर्खेतपत्र दैनिक पत्रिकालाई यस अनलाइन  THE TRITNA
हार्दिक शुभकामना ब्यक्त गर्दछ ।