मुख्यमन्त्री शाही काठमाण्डौं प्रस्थान


१९ पौष, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आज संघीय राजधानी काठमाण्डौं जानुभएको छ ।

मुख्यमन्त्री शाही नेपाली काँग्रेसको १४औं महाधिवेशन पछिको पहिलो बैठकमा भागलिन आज काठमाण्डौं जानुभएको हो । मुख्यमन्त्री शाही काँग्रेसको १४ महाधिवेशनमा सहमहामन्त्री पदको निर्वाचनमा पराजय हुनुभएको थियो भने नवनिर्वाचित सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान अनुसार जीवनबहादुर शाहीलाई केन्द्रिय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको थियो ।

हिजोदेखि कर्णालीबाट उडान शुरु गरेको गुण एयरलाइन्सले मुख्यन्त्री शाही सहित १६ जना यात्रु लिएर काठमाण्डौं गएको थियो ।