स्वास्थ्य मन्त्री थापा द्वारा डा. केसीलाई अनसन तोड्न आग्रह


  • सम्पूर्ण माग पुरा नभएसम्म अनसन तोड्दिन : डा. केसी

आश्विन १४, २०७३- स्वास्थ्य मन्त्री गगन थापाले पाँच दिनदेखि नवौंपटक आमरण अनसनमा बसिरहेका प्रा.डा गोविन्द केसीसँग शुक्रबार बेलुका शिक्षण अस्पतालमा पुगेर भेट गरेका छन् ।

मन्त्री थापाले डा. केसीलाई सरकारले उनको माग सम्बोधन गर्नका लागि पहल गरिरहेको जानकारी दिँदै अनसन तोड्न आग्रह गरेका थिए । जवाफमा डा. केसीले आफ्ना सबै माग पुरा नभएसम्म यसपटक अनसन नतोड्ने बताएका थिए ।

‘मन्त्री थापा आउनुभएको थियो । उहाँले अनसन तोड्न आग्रह गर्नुभयो,’ डा. केसीले भने, ‘मैले मेरो सम्पूर्ण माग पुरा नभएसम्म अनसन नतोड्ने जवाफ दिएँ ।’

साभारः कान्तिपूर अनलाइन