गुवाहटी-नेपालका लागि १२ औं दक्षिण एसियाली खेलकुदको दोस्रो दिन भारोत्तोलक विकास थापा र देवी चौधरीले नेपालका लागि पदक दिलाएका छन्। दिसपुरस्थित भोगेसवारी फुकानानी इन्डोर स्टेडियममा शनिबार भएको पुरुष ६२ केजी तौल समूहमा विकासले रजत पदक जितेका थिए भने देवीले कांस्य पदक दिलाइन्।
विकासले स्न्याचमा १ सय १२ केजी र क्लिन एन्ड जर्कमा १ सय ३० केजी तौल उचाल्दै कुल २ सय ४२ केजीका साथ रजत पदक जितेका हुन्। यसअघि कुनै पदक नजितेका उनले सागमा जितेको पदक नै पहिलो हो।
महिला ५३ केजी तौल समूहमा देवीले कांस्य पदक जितेकी हुन्। नेपाल पुलिसबाट खेल्ने सप्तरीकी उनले स्न्याचमा ५४ केजी र क्लिन एन्ड जर्कमा ७५ तौल उचालेकी थिइन्।
साभारः नागरिक न्यूज



Milan Shrestha । २३ माघ २०७२, शनिबार १३:३४ बजे